Like us!
Follow us!
Connect us!
Watch us!

जनता बैंकको नाफा अर्बमाथि, अन्य सूचकमा चकम

सोमबार, ३० बैशाख २०७६, १० : ४७ मा प्रकाशित

जनता बैंकको नाफा अर्बमाथि, अन्य सूचकमा चकम

अर्थ संसार, काठमाडौं– काठमाडौं –  जनता बैंक नेपाल लिमिटेले चालु  आर्थिक वर्षको तेस्रो त्रैमाससम्म  अर्ब २ करोड ३७ लाख ४४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष यस अवधिमा ६३ करोड ७५ लाख ९१ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो ।

यस अवधिमा बैंकको वितरण योग्य नाफा ६१ करोड ७३ लाख ७५ हजार रुपैयाँ रहेको छ । गत वर्षको यही अवधिको तुलनामा नाफा ६०.५६ प्रतिशतले बढी हो ।
 
जनताको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा पनि आर्कषक वृद्धि भएकाले खुद नाफा बढ्न टेवा पुगेको हो । खुद ब्याज आम्दानी गत वर्षको तुलनामा ४६.६३ प्रतिशतले बढेर २ अर्ब ४५ करोड ९ लाख ४ हजार रुपैयाँ पुगेको छ । गत वर्ष १ अर्ब ६७ करोड १६ लाख ७३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
 
यता, बैंकले सञ्चालन नाफा ५६.२८ प्रतिशतले बढेर १ अर्ब ४७ करोड २८ लाख २९ हजार रुपैयाँ पुगेको छ । गत वर्ष यसै अवधिमा बैंकले ९४ करोड २३ लाख ९७ हजार रुपैयाँ सञ्चालन नाफा गरेको थियो ।
 
चैत मसान्तसम्म जनता बैंकको चुक्ता पुँजी ८ अर्ब ७ लाख ८५ हजार रुपैयाँ रहेको छ । बैंकले जगेडा कोषमा १ अर्ब ७५ करोड २७ लाख रुपैयाँ राखेको छ । रिजर्भमा गत वर्ष १ अर्ब ३४ करोड ८७ लाख ३३ हजार रुपैयाँ रहेको थियो । त्यस्तै, रिटेन्ड् अर्निङमा ६२ करोड ३३ लाख ७१ हजार रुपैयाँ राखेको छ ।
 
यस अवधिमा बैंकले सेवाग्राहीबाट ७० अर्ब ४४ करोड ९७ लाख ९३ हजार रुपैयाँ निक्षेप संकलन गरेर ६४ अर्ब ७० करोड १० लाख ८७ हजार रुपैयाँ ऋण प्रवाह गरेको छ । बैंकले गत वर्ष १.९५ प्रतिशत रहेको खराब कर्जा घटाएर अहिले १।२१ प्रतिशत मा सीमित गरेको छ । यस अवधिमा बैंकको आधारदर ११.६६ प्रतिशत रहेको छ ।  
 यता, जनताको प्रतिसेयर आम्दानीमा पनि आकर्षक सुधार भएको छ । प्रतिसेयर आम्दानी गत वर्षको यसै अवधिको तुलनामा ६ रुपैयाँ ४३ पैसाले बढेर १७ रुपैयाँ ६ पैसा पुगेको छ । गत वर्ष प्रतिसेयर आम्दानी १० रुपैयाँ ६३ पैसा रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ १२९ रुपैयाँ ७ पैसा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको