Like us!
Follow us!
Connect us!
Watch us!

मिर्मिरे, नागबेली र किसान माइक्रोफाइनान्सबीच मर्ज, चुक्ता पुँजी कति ?

कमला भुसाल

मंगलबार, ३१ बैशाख २०७६, १२ : ४० मा प्रकाशित

मिर्मिरे, नागबेली र किसान माइक्रोफाइनान्सबीच मर्ज, चुक्ता पुँजी कति ?

अर्थ संसार, काठमाडौ – मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड, नागबेली लघुवित्त वित्तीय संस्था लिमिटेड  र किसान माइक्रोफाइनान्स वित्तीय संस्था एकआपसमा गाभिने भएका छन् ।  

नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाको संख्या धेरै भएको र यसलाई कम गर्न केही न केही गर्नै पर्ने बेला भएको बताइरहँदा तीन संस्था गाभिन सम्झौता गरेका छन्।

तीनवटै संस्थाहरु सफलतापूर्वक लघुवित्तीय कारोवार गर्दै आएका सबल र दीगो रुपमा स्थापित “घ” वर्गका वित्तीय संस्थाहरु एक अर्कामा मर्जर गरी गाभ्ने र गाभिने प्रकृया अगाडी बढाउन उपयुक्त बिकल्प देखिएकाले मिर्मिरे लघुवित्त, नागबेली लघुवित्त र किसान माइक्रोफाइनान्स वित्तीय संस्था गाभि एउटै संस्था बनाउँदा पूँजीमा अभिबृद्धि हुने संस्थाहरुको विश्वास रहेको छ । 

संस्थाहरुले प्रस विज्ञप्ति जारी गर्दै सबल र दीगो लघुवित्तीय कारोवार गरी व्यवसायिक र संस्थागत लक्षित उपलब्धि हासिल भई लक्षित वर्गलाई सहज, सरल र दीगो लघुवित्तीय सेवा प्रदान गर्न सक्नेमा विश्वस्त भई तीनवटै पक्ष एक अर्कामा गाभ्न र गाभिन सहमत रहेको बताएका छन् ।

मिर्मिरेसँग बाँकी दुई गाभिने भएका हुन्। मिर्मिरेका अध्यक्ष टेकबहादुर बोहरा, नागबेलीका अध्यक्ष दीपबहादुर श्रेष्ठ र किसानका अध्यक्ष नेत्रप्रसाद जोशीले सहमतिपत्रमा हस्ताक्षर गरेका छन्।

मर्जरका लागि सन्तोष फुयलको संयोजकत्वमा सञ्जयकुमार श्रेष्ठ र खिमाराज न्यौपानेको तीन सदस्यीय मर्जर समिति गठन गरिएको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको