Like us!
Follow us!
Connect us!
Watch us!

औद्योगिक क्षेत्र निर्माणमा तिव्रता

कमला भुसाल

विहीबार, ०२ जेठ २०७६, १६ : ०६ मा प्रकाशित

औद्योगिक क्षेत्र निर्माणमा तिव्रता

अर्थ संसार, काठमाडौं- हेटौँडाको मयुरघापमा निर्माण हुन लागेको प्रादेशिक औद्योगिक क्षेत्र निर्माण कार्य तीव्ररुपमा अगाडि बढाइएको छ । सरकारले चार वर्ष अगाडि हेटौँडामा प्रादेशिक औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणाअनुरुप निर्माण कार्य शुरु भएको हो । 

हेटौँडा उपमहानगरपालिका– १४ स्थित मयुरधापमा १३५ हेक्टर जमीनमा निर्माण शुरु गरिएको र त्यसको वातावरण प्रभाव मूल्याङ्कनसमेत पूरा भएको छ । मन्त्रिपरिषद्ले २०७३ वैशाख १४ गते गरेको निर्णयअनुसार औद्योगिक क्षेत्र भोगाधिकार प्राप्त गरेलगत्तै औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले औद्योगिक क्षेत्र स्थापना गर्ने प्रक्रिया अगाडि बढाइएको हो ।

एक वर्ष अगाडि औद्योगिक क्षेत्र स्थापना डिपीआर तयार गर्न शुरु भएको हो । साविक चुरियामाई र पदमपोखरी गाविसबीच पर्ने मयुरधाप क्षेत्रको जमीनमा औद्योगिक क्षेत्रका लागि सर्भेको काम भइरहेको छ । औद्योगिक क्षेत्र स्थापनापछि मयुरधापमा काठमाडौँको बालाजु र पाटन  औद्योगिक क्षेत्रका ठूला औद्योगिक प्रतिष्ठानसमेत हस्तान्तरण हुने बताइएको छ । 

औद्योगिक क्षेत्र परियोजनाका प्रमुख प्रकाश केसीले डिपिआर सकिएको र वातावरण प्रभाव मूल्याङ्कन स्वीकृत भएपछि परियोजनाको काम तीव्रगतिमा बढ्ने बताउनुभयो । सरकारले उद्योगको विकास र रोजगारी वृद्धिका लागि सातवटै प्रदेशमै औद्योगिक क्षेत्र स्थापना गर्न लागेको हो ।

उक्त औद्योगिक क्षेत्रको निर्माणमा रु सात अर्बभन्दा बढी खर्च लाग्ने अनुमान छ भने करीब १०० उद्योग स्थापना हुने बताइएको छ । रासस 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको