Like us!
Follow us!
Connect us!
Watch us!

सिटिसि मोबाइल हबमा मोबाइल एक्सचेन्ज अफर, शून्य ब्याजदरमा किस्ताबन्दीमा मोबाइल

कमला भुसाल

शुक्रबार, ०३ जेठ २०७६, १५ : ३६ मा प्रकाशित

सिटिसि मोबाइल हबमा मोबाइल एक्सचेन्ज अफर, शून्य ब्याजदरमा किस्ताबन्दीमा मोबाइल

अर्थ संसार, काठमाडौं– सुनधारा स्थित सिभिल ट्रेड सेन्टरमा रहेको सिटिसी मोबाइल हबमा जेठ ३ गते शुक्रबारदेखि मोबाइल एक्सचेन्ज मेला सुरु भएको छ । मोवाइल सम्बन्धी सबै सेवा एकै छाना मुनी उपलब्ध गराउँदै आएको मोबाइल हबमा शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा नयाँ मोबाइल खरिद गर्न सकिनेछ ।  

सिटिसी मोबाइल एक्सचेन्ज मेलामा मोवाइल खरिद गर्ने ग्राहकले अधिकतम ६० प्रतिशतसम्म छुट पाउने मोबाइल हबले जनाएको छ । साथै हरेक मोबाइलको खरिदमा हात खाली नजाने अफर पनि राखिएको मोबाइल हबका प्रबन्ध निर्देशक संगम राईले बताए । 

सिटिसि मोबाइल हबमा शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा जुनसुकै ब्राण्डका मोबाइल खरिद गर्न सकिन्छ । एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैंमा दिने अफरका साथै मोबाइल सट्टापट्टा पनि गर्न सकिने प्रबन्ध निर्देशक राईले जानकारी दिए ।  

मोबाइल हबमा चल्ने मोबाइल मेला अवलोकन गर्न आउनेहरुलाई समेत गोलाप्रथाबाट विभिन्न ब्राण्डका मोवाइल बितरण गरिनेछ । मोबाइल हबमा मोबाइल किन्न वा मर्मत गर्न आउने ग्राहकलाई निशुल्क पार्किङको व्यवस्था गरिएको छ ।   

मोबाइल हबमा बिश्व बजारका चल्तीका २० भन्दा बढी ब्राण्डका मोबाइल फोनहरु उपलब्ध छन् । एमआइ, आइफोेन, सामसङ, सोनी, जियोनी, ओप्पो, एचटिसी, जेडटिइ, हुवावे, कुलप्याड, लेनेभो, वान प्लस, नोकिया, कलर्श, मोटोरोला, जोप्पो, ओबिआइ लगायत ब्राण्डका टच एण्ड फिल काउन्टर समेत मोबाइल हबमा छन् । 

नेपालमै पहिलो पटक फरक अबधारणामा सञ्चालनमा आएकोे मोबाइल हबमा ६० मिनेटमै मोबाइल मर्मत सेवा पनि उपलब्ध छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको