Like us!
Follow us!
Connect us!
Watch us!

हुवावे अमेरिकाको कालोसूचीमा

कमला भुसाल

शुक्रबार, ०३ जेठ २०७६, १७ : १७ मा प्रकाशित

हुवावे अमेरिकाको कालोसूचीमा

अर्थ संसार, काठमाडौं- अमेरिकाले विश्वको सबैभन्दा ठूलो दुरसञ्चार उपकरण निर्माता कम्पनी हुवावेमाथि प्रतिबन्ध लगाएको छ । अमेरिकाको वाणिज्य विभागले कम्पनीलाई एनटिटी सूचीमा राख्ने घोषणा गरेको छ ।

दुई देशका बीच निरन्तर रुपमा चलिरहेको व्यापार युद्धका बीच अमेरिकाले उक्त घोषणा गरेको हो । उक्त सूचीमा शामिल कम्पनीले अमेरिकी सरकारको स्वीकृती बिना त्यहाँको कम्पनीबाट कुनै पनि उपकरण र प्रविधि किन्न पाउदैनन ।

इनटिटी सूचीमा समावेश कुनै पनि कम्पनी वा व्यक्तिलाई अमेरिकी प्रौद्योगिक बिक्री वा हस्तान्तरका लागि बीआईएसद्वारा जारी लाइसेन्सको आवश्यकता पर्छ । यदि बिक्री वा हस्तान्तरणबाट अमेरिकी राष्ट्रिय सुरक्षा वा विदेश नीतिको हितमा हानी पुगेमा लाइसेन्स अस्वीकार गर्न सकिन्छ ।

अमेरिकी दूरसञ्चार कम्पनीलाई राष्ट्रिय सुरक्षाका लागि खतरा उत्पन्न गर्न सक्ने विदेशी सुरक्षा उपकरण स्थापित गर्नबाट रोक्ने भन्दै हुवावेलाई कालोसूचीमा राखिएको बताइएको छ ।

अमेरिकाले एक आदेश जारी गर्दै त्यहाँको कम्पनीले पनि राष्ट्रिय सुरक्षालाई खतरा उत्पन्न गराउने कुनै पनि दुरसञ्चार उपकरण प्रयोग गर्ने नसक्ने बताइएको छ । यद्यपी उक्त आदेशमा कुनै पनि कम्पनीको नाम शामिल गरिएको छैन ।

अमेरिकाले लामो समयदखि हुवावेको उपकरणबाट जासुसीको खतरा रहेको बताउँदै आएको छ । उसले आफ्ना सहयोगी देशहरुलाई पनि हुवावेको ५जी सेवा प्रयोग नगर्नका लागि भनेको थियो । एजेन्सी

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको