Like us!
Follow us!
Connect us!
Watch us!

स्वाभिमान माइक्रोफाइनान्सको आइपीओ बाँडफाँड हुँदै

आइतबार, ०५ जेठ २०७६, १० : ११ मा प्रकाशित

स्वाभिमान माइक्रोफाइनान्सको आइपीओ बाँडफाँड हुँदै

अर्थ संसार, काठमाडौं–  स्वाभिमान माइक्रोफाइनान्स वित्तीय संस्थाको आइपीओ आज बाँडफाँड भैरहेको छ ।  सिद्धार्थ क्यापिटलको केन्द्रीय कार्यालय नारायणचौर नक्सालमा  बाँडफाँड भैरहेको भैरहेको बिक्री प्रबन्धकले जनाएको छ।

स्वाभिमानको आइपीओमा ६० करोड ४५ लाख ५५ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । २ लाख ६४ हजार २८६ जना लगानीकर्ताले ६० लाख ४५ हजार ५५० कित्ताका लागि आवेदन दिएका हुन् ।
 
स्वाभिमानले १ करोड ८० लाख रुपैयाँ बराबरको १ लाख ८० हजार कित्ता आइपीओ बिक्रीमा ल्याएको हो । कुल आइपीओमध्ये ३ हजार ९३ कित्ता कम्पनीका कर्मचारीलाई र ९ हजार ९३० कित्ता सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । बाँकी १ लाख ८५ हजार ५८७ कित्ता सेयर सर्वसाधारणलाई बिक्री गरिएको हो ।
 
कुल आवेदकमध्ये १८ हजार ५८० जनाले १० कित्ता र ५ जनाले ११ कित्ता सेयर पाउने देखिन्छ । ९२.९७५ आवेदकको हात खाली हुने भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको