Like us!
Follow us!
Connect us!
Watch us!

इलाम बासीको लागि लगानीको अवसर: जेठ १४ गतेदेखि आइपीओ बजारमा

सोमबार, ०६ जेठ २०७६, १० : ४७ मा प्रकाशित

इलाम बासीको लागि लगानीको अवसर: जेठ १४ गतेदेखि आइपीओ बजारमा

अर्थ संसार, काठमाडौं – हिमाल दोलखा हाइड्रोपावर कम्पनीले  साधारण शेयर (आइपीओ) जारी गर्ने भएको छ । कम्पनीले जेठ १४ गतेदेखि स्थानीय बासिन्दाका लागि  १०० रुपैयाँ अंकित मूल्यमा १६ लाख कित्ता आइपीओ जारी गर्न लागेको हो ।

स्थानीयवासीले छिटोमा जेठ २८ गतेसम्म आवेदन दिन सकिन्छ । तर, यो समयमा आइपीओ बिक्री नभएमा असार १३ गतेसम्म बिक्री खुल्ला हुने कम्पनीले जनाएको छ ।

आयोजनाको अति प्रभावित क्षेत्र इलाम जिल्लाको इलाम नगरपालिका वडा नं ९, १० र माई नगरपालिका वडा नं ९ का बासिन्दा तथा आयोजना प्रभावित क्षेत्र इलाम जिल्लाका स्थानिय बासिन्दाले यस आइपीओमा आवेदन दिन सक्नेछन् ।

हिमाल दोलखाले हाल जारी पुँजी १ अर्ब ६० करोड रुपैयाँको १०५ सेयर स्थानियको लागि जारी गर्न लागेको हो । यसमा सेयर निष्कासन तथा बिक्री प्रवन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ ।

आइपीओमा लगानीकर्ताले लक्ष्मी बैंक (चोक बजार–इलाम), एभरेष्ट बैंक (फिक्कल–इलाम), सिद्धार्थ बैंक (इलाम), सेन्चुरी बैंक (भानुपथ–इलाम), ग्लोबल आइएमई बैंक (फिक्कल–इलाम),  माछापुच्छ्रे बैंक (इलाम), एसबीआई बैंक (इलाम) र आयोजना स्थल इलाम नगरपालिका वडा नं ९ र १० बाट आवेदन दिन सकिन्छ । साथै, सी–आस्वा सेवा प्रप्त बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने छ ।
 
 माई खोला स्मल हाइड्रोपावर ४.५५ मेगावाट र माई खोला स्मल क्यास्केड हाइड्रोपावर ८ मेगावाट छन् । क्रेडिट रेटिङ कम्पनी केयर रेटिङ नेपालले यो आइपीओलाई ‘ग्रेड ४’ रेटिङ दिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको