Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आईएमई बैंक र सूर्य लाइफ इन्सुरेन्सबीच बैंकासुरेन्स सम्झौता

विहीबार, ०९ जेठ २०७६, १८ : ०१ मा प्रकाशित

ग्लोबल आईएमई बैंक र सूर्य लाइफ इन्सुरेन्सबीच बैंकासुरेन्स सम्झौता

अर्थ संसार, काठमाडौं- ग्लोबल आइएमई बैंक  लिमिटेड र सूर्य लाइफ इन्सुरेन्स कम्पनी  लिमिटेडबीच बैकासुरेन्स सम्बन्धि सम्झौता  भएको छ ।

सम्झौतापत्रमा हस्ताक्षर पछि ग्लोबल आईएमई बैंक का १३७ वटै शाखाहरु मार्फत सूर्य लाइफ इन्सुरेन्स कम्पनीको जीवनबीमा योजनाहरु खरिद गर्नुका साथै जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु छिटो, छरितो एंव भरपर्दो माध्यमबाट प्राप्त गर्न सकिनेछ ।

उक्त सम्झौतापत्रमा ग्लोबल आईएमई बैंकको तर्फबाट का. मु. प्रमुख कार्यकारी अधिकृत  महेश शर्मा ढकाल र सूर्य लाइफ इन्सुरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले हस्ताक्षरगर्नु भएको हो ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले बिभिन्नस्थानमाशाखा, एक्सटेन्सन काउण्टर तथाशाखारहित बैंकिङ्ग सेवामार्फत आफ्नाग्राहकहरु माझ सेवाप्रदानगर्दै आइरहेको छ ।

बैंकले १३७ वटा शाखा, २६ वटा एक्सटेन्सनतथाराजश्व संकलन काउण्टर, १४५ एटिएम, १४० शाखारहित बैकिङ्ग सेवार नेपालबाहिर ३ प्रतिनिधि\सम्पर्क कार्यालय मार्फत आफ्ना १० लाखभन्दा बढि ग्राहकहरुलाई सेवाप्रदानगर्दै आइरहेको छ।

त्यस्तै बैंकले अत्याधुनिक प्रविधि युुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवाको साथमारु. १५ लाखसम्मको बिनाधितो प्रोफेशनलकर्जा पनिप्रदानगर्दै आइरहेको छ साथै  अष्ट्रेलिया, बेलायत र भारतमाप्रतिनिधि\सम्पर्क कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरु माझ सेवाप्रदानगर्दै आईरहेको छ ।

त्यसैगरी बैंकले मलेसिया, दक्षिण कोरिया, साउदी अरेबिया, कतार, युएई, बहराइन, जोर्डन, बेलायत, भारत लगायतकामुलुकबाट रेमिट्यान्स भिर्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको