Like us!
Follow us!
Connect us!
Watch us!

छुट्ला है इन्फिनिटी माइक्रोफाइनान्सको आइपीओमा लगानी गर्ने अवसर

मिलन खड्का

मंगलबार, १४ जेठ २०७६, १० : २० मा प्रकाशित

छुट्ला है इन्फिनिटी माइक्रोफाइनान्सको आइपीओमा लगानी गर्ने अवसर

अर्थ संसार, काठमाडौं– इन्फिनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाले निश्कासन गरेको सर्वसाधारण शेयर (आइपीओ) मा पहिलो दिनमै माग भन्दा बढी आवेदन परको छ ।

बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटका अनुसार सोमबार ४ बजेसम्म ५२ हजार ९५४ जनाले ११ करोड ८७ लाख ८६ हजार रुपैयाँ बराबरको आवेदन दिएका  छ ।  संस्थाले जेठ १३ गतेदेखि  ६ लाख ७४ हजार कित्ता आइपीओ निष्कासन  गरेको  थियो ।

इन्फिनिटीले जारी गर्न लागेको कुल आइपीओमध्ये ३३ हजार ७०० कित्ता शेयर समूहिक लगानी कोष र १० हजार ३७० कित्ता सेयर कर्मचारीलाई छुट्याइएको छ । बाँकी रहेको ६ लाख २९ हजार ९३० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । उक्त आइपीओमा लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँका दरले आवेदन दिन पाउनेछन् । यो आइपीओमा सिभिल क्यापिटल मार्केटले बिक्री प्रबन्धकको काम गर्नेछ ।

कम्पनीले जारी पुँजी २० करोड ७४ लाख रुपैयाँको ३२ दशमलव ५ प्रतिशत रकम बराबरको शेयर बिक्री गर्न लागेको हो । इन्फिनिटीको आइपीओ जेठ १६ गतेसम्म भर्न सकिनेछ । यस अवधिमा आवश्यक मात्रामा आवेदन नपरेमा भने असार १० गतेसम्म भर्न सकिनेछ ।यो आइपीओले औसत भन्दा तल जनाउने ‘इक्रा एनपी ग्रेड ४’ रेटिङ पाएको छ ।

कहाँबाट आवेदन दिने ?

 यसमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिन्छ । इन्फिनिटीको केन्द्रीय कार्यालय गण्डकी प्रदेश, नवलपुर जिल्ला, गैडाकोट नगरपालिकामा रहेको छ । हाल विभिन्न जिल्लाहरुमा रहेका ४२ शाखा कार्यालयहरुबाट सेवा प्रदान गरिरहेको छ ।

कति दिने आवेदन ?

पुँजी बजारमा लद्युवित्त वित्तीय संस्थाको  आइपीओमा लगानीकर्ता झिमिएका देखिन्छ । कम कित्ता र लगानीकर्ताको आवेदन बढी पर्ने भएकाले न्यूनमत कित्ता मात्रै आवेदन दिए हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको