Like us!
Follow us!
Connect us!
Watch us!

बृद्धभत्ता बढ्यो

कमला भुसाल

बुधबार, १५ जेठ २०७६, १६ : ४६ मा प्रकाशित

बृद्धभत्ता बढ्यो

अर्थ संसार, काठमाडौं-  सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि बृद्धभत्ता बढाएर ३ हजार पुर्याएको छ । 

७० वर्षभन्दा माथिका वृद्धवृद्धालाई लक्ष्य गरी साविकको भत्तामा मासिक एक हजार रुपैयाँ बढाइएको  अर्थमन्त्री खतिवडाले बताए । यसबाट १३ लाख जेष्ठ नागरिक लाभान्वित हुने छन् ।

त्यस्तै एकल महिलाको भत्ता पनि १ हजार बढाइएको छ। यसअघि वृद्धभत्ता मासिक २ हजार र एक महिलालाई १ हजार रुपैयाँ भत्ता दिइँदै आएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको