Like us!
Follow us!
Connect us!
Watch us!

सूर्या लाइफ इन्सुरेन्सले गर्यो साभारण सभा आह्वान

कमला भुसाल

आइतबार, १९ जेठ २०७६, १४ : २५ मा प्रकाशित

सूर्या लाइफ इन्सुरेन्सले गर्यो साभारण सभा आह्वान

अर्थ संसार, काठमाडौं-  सूर्या लाइफ इन्सुरेन्सले आउँदो असार ११ गते वार्षिक साधारण सभा आह्वान गरेको छ। सभा कम्पनीको रजिष्टर्ड कार्यालय विराटनगरमा बस्ने भएको छ। 

सूर्या लाइफ़ले  हाल कायम १ अर्ब १३ करोड १९ लाख रुपैयाँको १२ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको छ। साधारण सभामा १२ प्रतिशत बोनस सेयर दिने प्रस्ताव सभामा पेश गर्नेछ । यस्तै, बोनसमा लाग्ने कर तिर्न ७१ लाख ४८ हजार ८४२ रुपैयाँ नगद लाभांश पनि दिनेछ ।

सूर्या लाइफले साधारण सभा प्रयोजनका लागि जेठ २८ गतेदेखि असार ४ गतेसम्म बुक क्लोज गर्ने भएको हो । यस अनुसार जेठ २७ गतेसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तवित लांभाश पाउनेछन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको