Like us!
Follow us!
Connect us!
Watch us!

भारतको तापक्रम ५० डिग्री सेल्सीयस

मिलन खड्का

मंगलबार, २१ जेठ २०७६, ०८ : २८ मा प्रकाशित

भारतको तापक्रम ५० डिग्री सेल्सीयस

Reuters/Representational image

अर्थ संसार,चुरु, भारत-भारतको सुख्खा क्षेत्रमा पर्ने शहरको तापक्रम ५० डिग्री सेल्सीयस पुगेको छ ।
  
पछिल्लो तीन दिनमा तापक्रम दोस्रो पटक यति धेरै बढेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । 

देशको राजस्थान प्रदेशमा पर्ने चुरुको तापक्रम ५०.३ डिग्री सेल्सीयस पुगेको समाचारमा जनाइएको छ ।

यसअघि गत शनिबार ५०.६ डिग्री सेल्सीयस पुगेको थियो । यो देशकै सवैभन्दा उच्च तापक्रमको नजिक पुगेको हो । 

भारतमा सन् २०१६ को मे महिनामा सर्वाधिक तापक्रम ५१ डिग्री सेल्सीयस मापन गरिएको अधिकारीहरुले जनाएका छन् । त्यतिबेला सर्वाधिक तापक्रम राजस्थानको फलोडी सहरमा मापन गरिएको हो । 

अत्यधिक तापक्रमका कारण गत आइतबार राजस्थानकै सिकर जिल्लामा एक जना किसानको मृत्यु भएको आधिकारिक तथ्याङ्क छ । अरुको पनि मृत्यु भएको दावी गरिएको छ । 

भारतीय मौसम विभागले राजस्थान र मध्य प्रदेशमा धेरै दिनदेखि तापक्रम उच्च हुँदै आएको र यो अझै लगातार हुने जनाएको छ । नजिकैको प्रदेशहरु नयाँ दिल्ली र उत्तर प्रदेशमा समेत उच्च तापक्रमको प्रभाव पर्ने देखिएको अधिकारीहरुको भनाई छ । नयाँ दिल्लीमा सोमबार झण्डै ४० डिग्री तापक्रम महशुस गरिएको छ । 

“यो साच्चै अति उच्च तापक्रम हो, तर हामीले के गर्न सक्छौँ र ? आफ्नो काम गरिरहनु पर्छ,” एक स्थानीय लक्ष्मी जगदीशले भने ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको