Like us!
Follow us!
Connect us!
Watch us!

कजाखस्तानको राष्ट्रपतिमा टोकायेभ निर्वाचित

कमला भुसाल

सोमबार, २७ जेठ २०७६, १७ : १४ मा प्रकाशित

कजाखस्तानको राष्ट्रपतिमा टोकायेभ निर्वाचित

अर्थ संसार, काठमाडौं-  कजाखस्तानको राष्ट्रपतिमा कासिम–जोमार्ट टोकायेभ ७० प्रतिशतभन्दा बढी मत प्राप्त गरी विजयी भएका छन्। निर्वाचन आयोगका अनुसार नवनिर्वाचित राष्ट्रपति टोकायेभले ७०.७६ प्रतिशत र उनका निकटवर्ती अमिरझान कोसानोभले १६.२ प्रतिशत मत प्राप्त गरेका थिए । टोकायेभले कजाखस्तानका राष्ट्रपिता नूरसुल्तान नजरबायेभले समर्थन गरेका थिए।

पूर्वराष्ट्रपति समेत रहनुभएका नजरबायेभले विगत तीन दशक मुलुकको सत्ता सम्हालेका कारण निकै शक्तिशाली र लोकप्रिय मानिन्छ । मुस्लिम बहुसंख्यक रहेको कजाखस्तानमा गत आइतबार भएको निर्वाचनका क्रममा भने निकै ठूला ठूला प्रदर्शन भएका थिए । चुनावमा धाँधली भएको आरोप लगाउँदै विपक्षीहरुले चुनाव बहिस्कार गर्न आमजनतालाई आह्वान समेत गरेका थिए । चुनावी हिंसाका कारण ५०० भन्दा बढी व्यक्तिलाई हिरासतमा लिइएको गृह मन्त्रालयले जनाएको छ ।

कजाखस्तानको ठूलो शहर अल्माटीमा एएफपीका दुई पत्रकारलाई पनि प्रहरीले हिरासतमा लिएको थियो । पक्राउ परेका सबैलाई प्रहरीले मुक्त गरेको छ । रासस/एएफपी 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको