Like us!
Follow us!
Connect us!
Watch us!

डलरको भाउ घट्यो

कमला भुसाल

बुधबार, २९ जेठ २०७६, १० : २० मा प्रकाशित

डलरको भाउ घट्यो

अर्थ संसार,काठमाडौं- नेपाल राष्ट्र बैंकले जेठ २९ गते बुधवारका लागि अमेरिकी एक डलरको खरिददर ११० रुपैयाँ ८१ पैसा कायम गरेको छ भने बिक्रीदर १११ रुपैयाँ ४२ पैसा कायम गरेको छ। मंगलबार अमेरिकी एक डलरको खरिददर १११ रुपैयाँ १५ पैसा र बिक्रीदर १११ रुपैयाँ ७५ पैसामा कारोबार भएको थियो।  मंगलबारको तुलनामा आज अमेरिकी डलरको मूल्यमा केहि पैसाको गिरावट देखिएको हो। 

त्यस्तै आज एक युरोपियन युरोको खरिददर १२५ रुपैयाँ ३८ पैसा र बिक्रीदर १२६ रुपैयाँ ६ पैसा कायम गरेको छ। मंगलबार एक युरोपियन युरोको खरिददर १२५ रुपैयाँ ६४ पैसा र बिक्रीदर बिक्रीदर १२६ रुपैयाँ ३१ पैसामा कारोबार भएको थियो।  मंगलबारको तुलनामा युरो पनि केहि पैसाले तल झरेको छ। 

केन्द्रिय बैंकले आज युके पाउण्ड स्ट्रलिङको खरिददर १४० रुपैयाँ ७२ पैसा कायम गरेको छ भने बिक्रीदर १४१ रुपैयाँ १४१ रुपैयाँ ४८ पैसा कायम गरेको छ। 

बैंकले बुधवारका लागि कुवेती एक दिनारको खरिददर ३६४ रुपैयाँ ६९ पैसा कायम गरेको छ भने बिक्रीदर ३६६ रुपैयाँ ६७ पैसा कायम गरेको छ।  त्यस्तै बहराइन दिनारको खरिददर २९३ रुपैयाँ ९३ पैसा र बिक्रीदर २९५ रुपैयाँ ५२ पैसा रहेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको