Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजार ४० करोडमा खुम्चियो, यस्ता छन् बढ्ने र घट्ने कम्पनीहरु

सोमबार, ०२ असार २०७६, १७ : १९ मा प्रकाशित

शेयर बजार ४० करोडमा खुम्चियो, यस्ता छन् बढ्ने र घट्ने कम्पनीहरु

अर्थ संसार, काठमाडौं–केही दिन अघिदेखि निरन्तर ओरालो लागेको शेयर बजार (आज) सोमबार २.६३ अंकले बढेको छ । 

कारोबार भएको समूहमध्ये ८ वटा समूह उकालो लाग्दा नेप्से इन्डेक्स १२६०.९० विन्दुमा  आइपुगेको छ । कुल १७३ वटा कम्पनीको १३ लाख ७३ हजार १२० कित्ता शेयर खरिदविक्री हुँदा ४० करोड ३५ लाख ३८ हजार १४७ रुपैयाँको कारोबार भएको छ ।  क वर्गको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ०.२९ विन्दुले बढेको छ ।

सामान्य अंकले बढेको बजारमा बैकिङ १.७ अंक, होलट १२.८८ अंक, जलविद्युत ८.८९ अंक, फाइनान्स २०६ अंक, निर्जीवन इन्स्योरेन्स ३७.२७ अंक, उत्पादन २८.३२ अंक, अन्य २.२७ अंक र सामुहिक लगानी कोष ० अंकले बढेको छ ।  यता, डेभलपमेन्ट बैंक २.७६ अंक, माइक्रोफाइनान्स ३.१९ अंक र लाइफ इन्स्योरेन्स १८.८४ अंकले घटेको छ ।

 बढेको बजारमा अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले सवै भन्दा धेरै आफ्नो आम्दानी झण्डै ७ प्रतिशतले बढाएका छन्  भने सवै भन्दा धेरै ग्लोबल आइएमई लद्युवित्त वित्तीय संस्थाका लगानीकर्ताले ४ प्रतिशतले आफ्नो आम्दानी गुमाएका छन् ।यस्ता छन् बढ्ने र घट्ने कम्पनीहरु

बढ्ने कम्पनीहरु

घट्ने कम्पनीहरु

5d077c221feec.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको