Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्य घट्यो, हेर्नुहोस कतिमा हुँदैछ कारोबार

कमला भुसाल

मंगलबार, ०३ असार २०७६, १० : ४८ मा प्रकाशित

सुनको मूल्य  घट्यो, हेर्नुहोस कतिमा हुँदैछ कारोबार

अर्थ संसार, काठमाडौं- साताको तेस्रो दिन मंगलबार सुनको मूल्य घटेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ६३ हाजर १०० रुपैयाँमा कारोबार भएको छापवाला सुनको मूल्य आज १०० रुपैयाँले घटेर  ६३ हजार रुपैयाँमा कारोबार भएको छ।

त्यस्तै आज तेजाबी सुनको मूल्य पनि १०० रुपैयाँले घटेर ६२ हजार ७०० रुपैयाँमा कारोबार भएको छ। महासंघले आज प्रति १० ग्राम छापवाला सुनको मूल्य ५४ हजार १५ रुपैयाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य ५३ हजार ७६० रुपैयाँ कायम गरेको छ। 

त्यस्तै चाँदीको मूल्य भने केहि दिनदेखि स्थिर रहेर ७२० रुपैयाँमा कारोबार भएको छ। महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ६१७ रुपैयाँ ५० पैसा कायम गरेको छ।   

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको