Like us!
Follow us!
Connect us!
Watch us!

‘द भ्वाईस अफ नेपाल’ सिजन २ मा निर्णायक फेरीए !

कमला भुसाल

मंगलबार, ०३ असार २०७६, १६ : ४६ मा प्रकाशित

‘द भ्वाईस अफ नेपाल’ सिजन २ मा निर्णायक फेरीए !

अर्थ संसार, काठमाडौं– गायन क्षेत्रका प्रतिभा खोज्ने रियालिटी शो ‘द भ्वाईस अफ नेपाल’को दोस्रो सिजन आउँदो केहि दिनमै सुरु हुने भएको छ । दोस्रो सिजन नाजिकैनै लाग्दा युनिटले राजधानीमा एक पत्रकार भेटघाटको आयोजना गर्दै दुइ नयाँ कोच सार्वजनिक गरिएको छ । 

सिजन दुईमा दुइ नयाँ र दुइ पुराना कोच रहने आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ । द भ्वाईस अफ नेपालको पहिलो सिजनमा कोच बनेका पप गायक सनुप पौडेल र रक गायिका अभया सुब्बा (स्टिम इन्जिन) दोश्रो सिजनबाट हटाईएका हुन् । पहिलो सिजनका बाँकी दुई निर्णायक बरिष्ट गायक दीप श्रेष्ठ र गायक प्रमोद खरेल दोश्रो सिजनमा पनि रहेका छन् । 

यस अघिको कोच सनुप पौडेलको ठाउँमा मँगोलियन हार्टका गायक पप गायक राजु लामालाई अनुबन्धित गरिएको छ । भने , रक गायिका अभया सुब्बाको स्थानमा पप गायिका आस्था राउतलाई कोचको रुपमा अनुबन्धित गरिएको छ । 

केही समयदेखि अमेरिका बस्दै आएका राजु लामा यही कार्यक्रमका लागि नेपाल आएका छन् ।  पप व्यान्ड मँगोलियन हार्टका भोकलिस्ट लामा अहिलेको पुस्ता माँझ पनि उत्तिकै परिचित छन् । 

यसैगरी अर्की कोच आस्था पनि एक दशकदेखि गायनमा सक्रिय छिन् ।  संगीतिक धरानकी आस्थाका बुबा हरिबहादुर राउत अग्रज लोक गायक हुन् । उनले एक दशक अघि सालको पात टपरी गाँसेर‘ गीतको रिमिक्स भर्सन मार्फत गायन यात्रा सुरु गरेकी हुन् । 

पत्रकार सम्मेलनमा आयोजकले कार्यक्रममा प्रायोजकसँग हस्ताक्षर पनि गरे । आगामी साउनको पहिलो साताबाट भ्वाईस अफ नेपाल सिजन २ हिमालयन टेलिभिजनबाट प्रशारण हुँदैछ । दोस्रो सिजनमा द भ्वाईस अफ नेपाललाई टाइटल स्पोन्सरको रुपमा युनाईटेड सिमेन्टले साथ् दिएको छ । 

साथै , सह प्रायोजकको रुपमा एनआइसी एशिया बैंक र आइएनजी गु्रप रहेका छन् । यसैगरी भोटिङ्ग तथा पेमेन्ट पार्टनरको रुपमा प्रभु पे रहेको छ । कार्यक्रम निर्देशकको रुपमा अघिल्लो सिजनकै लक्षमण पौडेल रहेका छन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको