Like us!
Follow us!
Connect us!
Watch us!

सुनचाँदीको मूल्य स्थिर

कमला भुसाल

बुधबार, ०४ असार २०७६, १० : ३८ मा प्रकाशित

सुनचाँदीको मूल्य स्थिर

अर्थ संसार, काठमाडौं- साताको चौथो दिन आज बुधबार सुनको मूल्य स्थिर रहेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला  ६३ हजार रुपैयाँमा कारोबार भएको छापवाला सुनको मूल्य आज स्थिर रहेर सोही मूल्यमै कारोबार भएको छ।

त्यस्तै आज तेजाबी सुनको मूल्य स्थिर रहेर ६२ हजार ७०० रुपैयाँमै कारोबार भएको छ। महासंघले आज प्रति १० ग्राम छापवाला सुनको मूल्य ५४ हजार १५ रुपैयाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य ५३ हजार ७६० रुपैयाँ कायम गरेको छ। 

त्यस्तै चाँदीको मूल्य पनि केहि दिनदेखि स्थिर रहेर ७२० रुपैयाँमा कारोबार भएको छ। महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ६१७ रुपैयाँ ५० पैसा कायम गरेको छ।   

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको