Like us!
Follow us!
Connect us!
Watch us!

ओपोद्वारा रेनो १०एक्स हाइब्रिड जुम मार्फत टर्कीका मनोहर दृष्य प्रदर्शित नेपालमा असार १५ देखि उपलब्ध हुने

मिलन खड्का

सोमबार, ०९ असार २०७६, १५ : ५७ मा प्रकाशित

ओपोद्वारा रेनो १०एक्स हाइब्रिड जुम मार्फत टर्कीका मनोहर दृष्य प्रदर्शित नेपालमा असार १५ देखि उपलब्ध हुने

अर्थ संसार काठमाडौं- झण्डै २ दशकदेखि निरन्तर विकास, उत्साह तथा नयाँ पुस्ताका यूवा जमातको मन मस्तिस्क रिझाउने उत्पादन पस्कँदै वैश्विक प्रविधि नवप्रबर्तकको पर्यायवाचीका रुपमा आफुलाई स्थापित गर्न ओपो सफल रहँदै आएको छ । अदृतिय क्यामेरा प्रविधि तथा नवप्रबर्तनात्मक फिचर्स मार्फत ब्राण्डले आफ्नो लागि विरासत खडा गरिसकेको छ ।

दक्षिण एसिया लगायत विश्वका अन्य भागमा रेनो सिरिज सार्वजनिक संगै ब्राण्डले उद्योगमै पहिलोको सूचीमा पूणः थप एक थप्न सफल भएको छ । ४८ एमपी प्राइमरी लेन्स, १३ एमपी टेलिफोटो लेन्स र ८ इमपी वाइड एंगल लेन्स सहितको फुल फोकल लेन्थ ट्राइ लेन्स रियर क्यामेरा समाहित ओपो रेनो १०एक्स जुम फोटोग्राफीका सवालमा अदृतीय रहेको छ । 

ओपो एफ११ प्रो सार्वजनिकको समयमा उपभोक्तालाई सगरमाथाको मनै लोभ्याउने तस्विरका साथ आयोजित ओपो×एभरेष्ट क्याम्पेन जस्तै , यस पटक पनि रेनोको साथमा ओपोले टर्कीका विभिन्न स्थानका आकर्षक तस्विर १ एक्स र १० एक्स जुममा खिचेर प्रस्तुत गरेको छ । नेपालमा भने उक्त फोन असार १५देखि उपलब्ध गरिने कम्पनीले जानकारी दिएको छ । 

5d10a36ff06a0.jpg 5d10a37032776.jpg 5d10a37036298.jpg 5d10a3708b70f.jpg 5d10a3708ee66.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको