Like us!
Follow us!
Connect us!
Watch us!

अमेरिकामा ग्याँस सिलिण्डर विस्फोटबाट २० घाइते

रबिन दङगाल

आइतबार, २२ असार २०७६, १२ : ४१ मा प्रकाशित

अमेरिकामा ग्याँस सिलिण्डर विस्फोटबाट २० घाइते

अर्थ संसार,  वासिङ्टन- अमेरिकाको दक्षिणपूर्वी सहर फ्लोरिडामा ग्याँस सिलिण्डर विस्फोट हँुदा कम्तीमा २० जना घाइते भएका छन् ।

प्लान्टेसन सहरमा रहेको व्यापारीक केन्द्रमा शनिबार भएको विस्फोटमा परी उनीहरु घाइते भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्लान्टेसनस्थित अग्नि नियन्त्रक समूहका प्रमुख जोएल गोर्दोनले जानकारी दिए  । 

सामाजिक सञ्जालमा देखिएको घटनास्थलसम्वन्धी भिडियो हेर्दा घटनास्थलमा धेरै नै क्षति भएको जस्तो देखिएको छ । घटनाकाबारेमा अनुसन्धान भइरहेको प्रहरी अधिकारीहरूले बताएका छन् ।  


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको