Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल एसीसी यू-१९ एसिया कपको पूर्वी क्षेत्र छनोटको फाइनलमा प्रवेश

रबिन दङगाल

सोमबार, २३ असार २०७६, १२ : १३ मा प्रकाशित

नेपाल एसीसी यू-१९ एसिया कपको पूर्वी क्षेत्र छनोटको फाइनलमा प्रवेश

अर्थ संसार, काठमाडौं- घरेलु टोली मलेसियाले दिएको ८८ रनको लक्ष्य नेपालले १५.५ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । पहिले ब्याटिङ गरेको मलेसियाले ४५.५ ओभरमा सबै विकेट गुमाएर ८७ रन बनाएको थियो ।मलेसियामाथि ७ विकेटको जित हात पार्दै नेपाल एसीसी यू-१९ एसिया कपको पूर्वी क्षेत्र छनोटको फाइनलमा प्रवेश गरेको छ ।

३० रन जोड्दा ३ विकेट गुमाइसकेको  नेपालको लागि  कप्तान रोहितकुमार पौडेल र भीम सार्कीले अविजित ६० रनको साझेदारी गर्दै जित दिलाए थिए  । भीम सार्की ले ३३ र रोहितकुमार पौडेलले  ३१ रन हानेका थिए ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको