Like us!
Follow us!
Connect us!
Watch us!

बैंक मर्जरमा जान तयार छ, सहुलियत चाहियो

अर्थ संसार

मंगलबार, २४ असार २०७६, ०९ : १९ मा प्रकाशित

बैंक मर्जरमा जान तयार छ, सहुलियत चाहियो

अर्थ संसार, काठमाडौं-नेपाल  बैंकर्स सङ्घका अध्यक्ष एवम् नेपाल बङ्गलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुङ्गानाले व्याजदर एकल अङ्कमा नै कायम गराउन आफूहरु तयार भए पनि लगानीयोग्य रकमको अभावमा त्यो सम्भव नदेखिएको बताउनुभयो ।

मौद्रिक  नीतिको अन्तिम तयारीमा रहेको राष्ट्र बैंकले सोमबारगरेको छलफलमा  उहाँले भन्नुभयो, “मर्जरमा जान हामी तयार नै छौँ तर त्यसका लागि केही सहुलियत दिनुपर्छ । यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत र सहायक प्रमुख कार्यकारी अधिकृतको पनि ‘कुलिङ’ अवधिमा केही सहुलियत दिन जरुरी छ ।”

डेभलपमेन्ट बैंकर्स एशोसियशनका अध्यक्ष गोविन्द ढकालको पनि ढुङ्गानाको जस्तै तर्क छ । लगानीयोग्य रकमको अभावका कारण तरलताको अभाव देखिएकाले त्यसलाई हल गर्ने खालको नीति जरुरी रहेको बताउनुभयो ।

वित्तीय कम्पनी सङ्घका अध्यक्ष सरोजकाजी तुलाधरले दबावमा नभई स्वतः स्फूर्तरुपमा गाभ्ने तथा गाभिने प्रक्रियामा सहजीकरण गरिदिन आग्रह गर्नुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको