Like us!
Follow us!
Connect us!
Watch us!

विप्लव समूह र प्रहरीबिच दोहोरो भिडन्त, २ जनाको मृत्यु

अर्थ संसार

बुधबार, २५ असार २०७६, ११ : ०६ मा प्रकाशित

विप्लव समूह र प्रहरीबिच  दोहोरो भिडन्त, २ जनाको मृत्यु

अर्थ संसार, काठमाडौं– भोजपुर सदरमुकाममा नेत्रविक्रम चन्द्र ‘विप्लव’ समूहको गोली लागेर एक प्रहरी जवानको मृत्यु भएको छ । सदरमुकामको शनिबारे हटिया लाइनमा बुधबार बिहान सवा आठबजेतिर गोली लागेर एक प्रहरी जवानको मृत्यु भएको हो ।

प्रहरीको जवाफी फायरिङका विप्लवका एक कार्यकर्ताको पनि मृत्यु भएको प्रहरीले बताएको छ । सदरमुकाममा विप्लव कार्यकर्ता हतियारसहित प्रवेश गरेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीमाथि विप्लव कार्यकर्ताले सुरुमा गोली प्रहार गरेका थिए । नेपाल प्रहरीका निमित्त प्रवक्ता एसपी रमेश थापाका अनुसार विप्लव कार्यकर्ताको गोली लागेर प्रहरी जवान सञ्जीव राईको मृत्यु भएको हो ।

थापाकाअनुसार जवाफी फायरिङमा विप्लवका एक कार्यकर्ताको मृत्यु भएको छ । मृत्यु हने विप्लव कार्यकर्ता ओखलढुंगाका जिल्ला इन्चार्ज निरकुमार राई रहेको खुलेको छ । प्रहरीले उनको साथबाट एक थान चाइनिज पेस्तोल, र पाँच राउन्ड गोली बरामद गरिएको जानकारी दिएको। भोजपुरमा अहिले सुरक्षा व्यवस्था कडा पारिएको छ । र विप्लव समुहबाट भने कुनै कुरा आधिकारिक खुलासा गरिएको छैन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको