Like us!
Follow us!
Connect us!
Watch us!

सम्भावित महामारी नियन्त्रण गर्न सरकारसँग आग्रह

रबिन दङगाल

बुधबार, ०१ साउन २०७६, १४ : १६ मा प्रकाशित

सम्भावित महामारी नियन्त्रण गर्न सरकारसँग आग्रह

अर्थ संसार, काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले बाढी, पहिरो र डुबान क्षेत्रमा विभिन्न रोग महामारीको रुपमा फैलने सम्भावनालाई नियन्त्रण गर्न सरकारसँग आग्रह गरेको छ । 
 
काङ्ग्रेस संसदीय दलको कार्यालयले आज जारी एक विज्ञप्तिमार्फत बाढी, पहिरो र डुबान क्षेत्रमा थप मानवीय क्षति हुन नदिन सरकार र सम्बन्धित निकायलाई सशक्त एवं गतिशील रुपमा कार्य गर्न आग्रह गरेको हो । 
 
केही दिनअघि परेको भारी वर्षाका कारण मुलुकका विभिन्न भागमा आएको बाढी, पहिरो, डुबान र कटानका कारण ठूलो सङ्ख्यामा मानवीय क्षति हुनाका साथै भौतिक क्षति पनि भएको छ । 
 
क्षतिग्रस्तस्थलको प्रतिवेदनका आधारमा विपद् व्यवस्थापनका लागि राज्यले अझै प्रभावकारी ढङ्गले राहत एवं पुनःस्थापना गर्नु आवश्यक देखिएको काङ्ग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले उल्लेख गरे ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको