Like us!
Follow us!
Connect us!
Watch us!

साउन १३ गतेदेखि एनएमबिको १२ करोड इकाई म्युचुअल फन्ड बजारमा, भाउ कति ?

अर्थ संसार

आइतबार, ०५ साउन २०७६, ११ : ०८ मा प्रकाशित

साउन १३ गतेदेखि एनएमबिको १२ करोड इकाई म्युचुअल फन्ड  बजारमा,  भाउ  कति ?

अर्थ संसार, काठमाडौं–  साउन १३ गतेदेखि एनएमबि क्यापिटलले सा ‘एनएमबि ५०’ को १२ करोड इकाई म्युचुअल फण्ड निष्कासन गर्ने भएको छ ।

१२ करोड इकाई म्युचुअल फण्डमध्ये १४ प्रतिशत कोष प्रवद्र्धक एनएमबि बैंक र १ प्रतिशत योजना व्यवस्थापक एनएमबि क्यापिटललाई छुट्याइएको छ । बाँकी १० करोड २० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला हुनेछ ।
 
यसमा साउन १६ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै इकाई बिक्री नभएमा भदौ १० गतेसम्म खुला रहनेछ । एनएमबि ५० मा प्रतिइकाई १० रुपैयाँको दरले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड २० लाख इकाईका लागि आवेदन दिन सकिनेछ ।
 
लगानीकर्ताले सी–आस्वाको माध्यमबाट इकाई भर्न सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गरेको छ ।

5d33f9bf7f2c4.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको