Like us!
Follow us!
Connect us!
Watch us!

४० मेगावाट क्षमताको माथिल्लो चमेलियामा एनआईसी एशिया बैंकले लिड गर्ने

अर्थ संसार

बुधबार, २२ साउन २०७६, ११ : ३५ मा प्रकाशित

अर्थ संसार, काठमाडौं– अपि पावर कम्पनी लिमिटेडले ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको वित्तिय व्यवस्थापन एनआइसी  एशिया बैंक लिमिटेडको अगुवाईमा  हुने भएको छ ।

अपि पावर कम्पनी  र  बैंकबीच साउन २० गते सहमति भएको छ ।  ७ अर्ब ४० करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा बैंकले १ अर्ब ३० करोड लगानी गर्ने सहमति भएको छ । ७० प्रतिशत (५ अर्ब १८ करोड) ऋण ३० प्रतिशत (२ अर्ब २२ करोड) स्वपुँजी लगानी हुने आयोजनामा बाँकी रकम जुटाउने जिम्मा एनआइसीले नै लिएको छ ।

छिट्टै वित्तीय स्रोतको टुंगो लगाएर मंसिरदेखि निर्माण सुरु गर्ने कम्पनीका कार्यकारी सञ्चालक सञ्जिव न्यौपानेले बताए । आयोजनाबाट उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको बलाँचस्थित १३२ केभी सबस्टेसनमा जोडिनेछ ।

आयोजना प्राधिकरणले निर्माण गरेको चमेलियाभन्दा करिब १३ किलोमिटर माथि पर्छ । सबस्टेसन यसअघि नै चार्ज भएकाले विद्युत जोड्न कुनै समस्या नहुने न्यौपानेले बताए ।

कम्पनीले आयोजनामा लगानी गर्न हकप्रद शेयर निष्कासनको तयारी गरिरहेको छ । कम्पनीले २०७२ भदौदेखि ८.५ मेगावाटको नौगडगाडबाट विद्युत उत्पादन गरिहेको छ । यस्तै, ८ मेगावाटको माथिल्लो नौगडगाडबाट अबको १ महिनामा विद्युत उत्पादन हुने कम्पनीले जनाएको छ ।  

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको