Like us!
Follow us!
Connect us!
Watch us!

लुम्बिनी विकास बैंकको साधारणसभा सम्पन्न : शेयरधनीको हातमा १७.०७% बोनस

अर्थ संसार

मंगलबार, २८ साउन २०७६, १८ : ०५ मा प्रकाशित

लुम्बिनी विकास बैंकको साधारणसभा सम्पन्न : शेयरधनीको हातमा १७.०७% बोनस

अर्थ संसार, काठमाडौं- राष्ट्रिय स्तरको विकास बैंककोे रुपमा स्थापित यस लुम्विनी विकास बैंक लिमिटेडले मंगलबार ११ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।  बैंकका अध्यक्ष शुशिलराज पराजुलीको अध्यक्षतामा सम्पन्न  भएको हो ।

यस साधारण सभाद्धारा संचालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन, आ.व २०७५ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाव र सोही अवधीको नगद प्रवाहको विवरण लगायतका अनुसूचीहरु पारित भयो ।

यस साधारण सभाले आफ्ना शेयरधनीहरुलाई चुक्ता पूँजीको १७.०७ प्रतिशत वोनस शेयर वितरण गर्ने निर्णय समेत पारित गर्यो । उक्त बोनस शेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी २ अर्ब ५८ करोड ६९ लाख पुगेको छ ।

यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ देशभरका ६५ शाखाहरु र १३ वटा एटिएमबाट आफ्ना करिब २ लाख ४० हजार ग्राहक महानुभावहरुलाई उच्च स्तरीय आधुनिक एवं नविनतम प्रविधिसहितको बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकले २०७६ असार मसान्तसम्ममा २४ अर्ब ८० करोड निक्षेप संकलन गरी २२ अर्ब ७६ करोड कर्जा प्रवाह गर्नुका साथै आ.व. २०७५/०७६ को आषाढ मसान्तसम्ममाको अपरिष्कृत वित्तीय विवरण अनुसार वोनस र कर अघि ९३ करोड ६० लाख मुनाफा आर्जन गर्न सफल भएको छ ।

हाल बैंकले आफ्ना ग्राहकहरुलाई  निशुःल्क डेविट कार्ड वितरण गर्नुका साथै उक्त कार्डबाट नेपालभित्रका कुनै पनि बैंकका भिजा नेटवर्कबाट रकम झिक्दा कुनै पनि अतिरिक्त शुःल्क नलाग्ने व्यवस्था मिलाएको छ ।

5d52afb448333.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको