Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्डकोलागि अब अनलाइन मार्फत आवेदन गर्न सकिने

मंगलबार, २८ साउन २०७६, १८ : ३४ मा प्रकाशित

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्डकोलागि अब अनलाइन मार्फत आवेदन गर्न सकिने

अर्थ संसार, काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेड ग्राहकको सहजपहुँच र सुविधालाई ध्यानमा राखी क्रेडिट कार्डको दरखास्त फारम अनलाइन प्रणाली मार्फत भर्नसक्ने व्यवस्था गरेको छ ।

यसका साथै ग्राहकहरुले आफ्नो credit limit बुझ्न र कार्ड कसरी पाउने भन्ने सम्बन्धी जानकारी अत्याधुनिक प्रविधियुुक्त अनलाइन प्रणालीको माध्यमबाट पाउन सक्नेछन् । क्रेडिट -credit_ कार्ड लिन इच्छुक ग्राहकहरुल ग्लोबल आइएमई बैंकको वेबसाइट www.globalimebank.com मा गई आवेदनदिन सक्नेछन् ।

ग्लोबल आइएमई बैंकले समय सापेक्ष रुपमा यस्ता प्रविधिहरु मार्फत ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै यस्तो प्रकारको योजनाहरु ल्याउने गरिरहेको छ ।

बैंकले अत्याधुनिक प्रविधियुुक्त भाइवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्गसेवा, इन्टरनेट बैंकिङ्ग सेवा प्रदान गर्नुका साथै अष्ट्रेलिया, बेलायत र भारतमा प्रतिनिधि/सम्पर्क कार्यालय स्थापना गरेर सेवाप्रदान गर्दै आइरहेको छ । बैंकले मलेसिया,दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवासमेत प्रदान गर्दै आइरहेको छ ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले १४०शाखा, १४८ एटिएम, ३० एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, १८१ शाखा रहित बैंकिङ्ग सेवा र ३ प्रतिनिधि/सम्र्पक कार्यालय मार्फत आफ्ना ११ लाख भन्दा बढी ग्राहकहरुमाझ सेवा प्रदान गर्दै आइरहेको छ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको