Like us!
Follow us!
Connect us!
Watch us!

एनसेल लाभकर विवादको निर्णय भदौ ५ मा

अर्थ संसार

शुक्रबार, ३१ साउन २०७६, ०९ : १६ मा प्रकाशित

एनसेल लाभकर विवादको निर्णय भदौ ५ मा

अर्थ संसार, काठमाडौं-निजी क्षेत्रको दूरसञ्चार प्रदायक कम्पनी एनसेल प्राइभेट लिमिटिडको लाभकरसम्बन्धी विवादको फैसला आगामी भदौ ५ गतेका लागि सरेको छ ।

न्यायाधीशहरु तेजबहादुर केसी, पुरुषोत्तम भण्डारी, डम्बरबहादुर शाही, सुष्मातला माथेमा र मनोजकुमार शर्माको बृहत् पूर्ण इजलासले फैसला लेख्नको काम नसएिको उल्लेख गर्दै आगामी भदौ ५ गते निर्णय सुनाउने तय गरेको हो ।

एनसेल प्रालिको ८० प्रतिशत सेयर खरीद बिक्री हुँदा भएको लाभकर छली विवादमा परेको मुद्दाको सुनुवाइ सकिएको छ । त्यसको फैसला मात्र आउन बाँकी छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहित न्यायाधीश मीरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई र टङ्कबहादुर मोक्तानको बृहत पूर्ण इजलासले गत माघ २३ गते एनसेलले लाभकर तिर्नुपर्ने फैसला गर्दै कर नतिरेसम्म कसैलाई पनि लाभांश वितरण र सेयर बिक्री अनुमति नदिनु भन्ने पूर्ण इजलासले परमादेश जारी गरेको थियो ।

अदालतले ठूला करदाता कार्यालयले एनसेलमाथि रु ६२ अर्ब ६३ करोड कर निर्धारण गरेको थियो । यसमध्ये करीब रु साढे ३९ अर्ब एनसेलले बुझाउन बाँकी छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको