Like us!
Follow us!
Connect us!
Watch us!

प्रुडेन्सियल इन्स्योरेन्समा लगानी गर्नु हेरौं कम्पनी विश्लेषण

अर्थ संसार

शुक्रबार, ०६ भदौ २०७६, ०८ : २७ मा प्रकाशित

प्रुडेन्सियल इन्स्योरेन्समा लगानी गर्नु हेरौं कम्पनी विश्लेषण

यस कम्पनीले भदौ १ गते आर्थिक वर्ष २०७४/७५ को वार्षिक साधारणसभा सम्पन्न गरेको छ । हाल रू. ६४ करोड १५ लाख २० हजार चुक्ता पूँजी रहेको कम्पनीले रू. १ अर्ब चुक्ता पूँजी पुर्‍याउनुपर्नेछ । गत असार मसान्तसम्म कम्पनीको जगेडा कोषमा रू. १९ करोड २१ लाख १६ हजार छ । यस अवधिसम्म कम्पनीले रू. १३ करोड १७ लाख २५ हजार खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षभन्दा गतवर्ष नाफामा कमी आएको छ ।

Image Not Found अघिल्लो वर्ष सोही अवधिमा कम्पनीको मुनाफा रू. १५ करोड ८७ लाख ५४ हजार थियो । गतवर्ष बीमा शुल्क आर्जनमा समेत कमी आएको छ । अघिल्लो वर्ष रू. १ अर्ब ३७ करोड १६ लाख ९५ हजार बीमा शुल्क आर्जन गरेको कम्पनीले गतवर्ष रू. १ अर्ब २४ करोड ७५ लाख ६७ हजार बीमा शुल्क आर्जन गरेको छ । बिहीवार कम्पनीको अन्तिम शेयरमूल्य १० अंक घटेर रू. ४६० कायम भएको छ ।

कम्पनीको ६४ दिनको कारोबार अवधिको अन्तिम दिनमा ओपनिङ ब्ल्याक मारुबोजु आकृति भएको मैनबत्ती बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्नेमा संकेत गर्छ । आरएसआई ओभरबट जोन २५ दशमलव ०२ विन्दुमा छ । यसले शेयर खरीद चाप बढेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन १० दशमलव ४३ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ ।

त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा तल छ । बुधवारको शेयरमूल्य रू. ४६० देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ५०९ मा प्रतिरोध पाउने देखिन्छ । बिहीवारको मूल्य ६४ दिनको कारोबारमा सबैभन्दा कम हो ।

FacebookTwitterMore

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको