Like us!
Follow us!
Connect us!
Watch us!

नेपालमा पहिलो पटक हाइब्रीड गाडी लन्च गर्यो टोयोटाले, यस्ता छन् बिशेषता (भिडियो)

मिलन खड्का

शनिबार, १४ भदौ २०७६, ०९ : २७ मा प्रकाशित

अर्थ संसार,काठमाडौं–युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा.लि. , नेपालका लागि टोयोटा मोटर्सको एकमात्र आधिकारीक डिस्ट्रीबीउटरले नाडा अटो शो २०१९मा दुइवटा हाइब्रीड मोडलहरु र्याभ फोहाइब्रीड र क्याम्री हाइब्रीडका साथ र्याभ फो ग्यासोलिन लन्च गरेको छ ।

नाडा अटोमोबाइल असोसिएसन र ग्लोबल एक्स्पोजिसन एन्ड म्यानेजमेन्टद्वारा सन्चालित यस अटो शो अगस्ट २७, २०१९ देखि १ सेप्टेम्बर , २०१९ सम्म भृकुटीमन्डप एग्जिबिसन हल , काठमाडौं , नेपालमा  सन्चालन भएको छ ।

टोयोटा हाइब्रीडका सवारीहरु लन्च गर्ने पहिलो अटोमोबाइल यो कम्पनी हो । दुइवटा पावर ट्रेन इन्टर्नल कमबस्टन इन्जिन र इलेक्ट्रीक मोटरको सम्मिश्रण भएको हाइब्रीडले अधिकतम शक्ती दिनुका साथै न्युनतम फ्युलको प्रयोजन गरी थोरै धुँवा इमिसन गर्छ । हाइब्रीड साइनर्जी ड्राइभ टेक्नोलोजी भएको यस सवारीमा स्वचालित रुपमा ग्यास र इलेक्ट्रीक पावर समयअनुसार बदल्ने काम गर्छ । इन्टर्नल कमबस्टन इन्जिन र रिजेनेरेटिभ ब्रेकिङको सहायतामा  चार्ज हुने यस सवारीको ब्याट्री लाईफ १५ वर्ष रहेको छ ।

हाइब्रीडका गाडीहरुमा ३ थप मोडहरु उपलब्ध छन स इ.भी. मोड जसमा ब्याट्री मात्र खपत भइ शुन्य इमीसन हुन्छ , इ.को. मोडले एरसी आउटपुट कम गरी थ्रोटल गतीवद्रघन प्रतिक्रिया सीमित गर्दछ भने स्पोर्ट मोडले हाइब्रीड ब्याट्रीको सहायतामा  गतीवद्रघन बूस्ट गरी पेट्रोल इन्जिनलाई मद्दत गर्छ ।

नयाँ र्याभ फोहाइब्रीडको चाखलाग्दो विशेषतानै साधारण ड्राइभिङमा यस सवारीले २४ कि.मि. प्रती लिटर माइलेज दिन्छ । ८ वटा एयर ब्याग भएको यस सवारीमा ३ वटा ड्राइभिङ मोड स इ.को. मोड , स्पोर्ट मोड र इ.भी. मोडहरु रहेका छन ।ब्याट्रीको लागि प्लगड ( इन आवश्यकता  नभएको यस सवारीमा भेइकल इस्ट्याबिलिटी कन्ट्रोल(भी. य्स. सी), ट्र्याक्सन कन्ट्रोल सिस्टम ( टी. आर. सी )का साथ,  अञ्टीलक ब्रेकिङ सिस्टम ( ए. बी. अय्स),  इमेर्जेन्सी सिग्नल सिस्टम ( इ. अय्स. अय्स ) का साथ हुनुका साथै हिल स्टार्ट असिस्ट कन्ट्रोल ( याच. ए. सि. )को प्रबन्ध पनि रहेको छ । बजारमा यस सवारीको मुल्य रु. १३,४००,००० रुपैँया रहेको छ ।  

 यसैगरी नयाँ क्याम्री हाइब्रीडको विशेषता भनेको साधारण ड्राइभिङमा यस सवारीले २३ कि.मि. प्रती लिटर माइलेज दिन्छ । ९ वटा एयर ब्याग भएको यस सवारीमा पनि ३ वटा ड्राइभिङ मोड स इ.को. मोड , स्पोर्ट मोड र इ.भी. मोडहरु रहेका छन ।

ब्याट्रीको लागि प्लगड ( इन आवश्यकता नभएको  यस सवारीमा भेइकल इस्ट्याबिलिटी कन्ट्रोल(भी. य्स. सी), ट्र्याक्सन कन्ट्रोल सिस्टम ( टी. आर. सी )का साथ, अञ्टीलक ब्रेकिङ सिस्टम ( ए. बी. अय्स),  इमेर्जेन्सी सिग्नल सिस्टम ( इ. अय्स. अय्स ) का साथ उपलब्ध छ । बजारमा यस सवारीको मुल्य रु. १३,१००,००० रुपैँया रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको