Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजारमा १अर्ब ६१ करोडको कारोवार

अर्थ संसार

शनिबार, १४ भदौ २०७६, १५ : ०६ मा प्रकाशित

शेयर बजारमा १अर्ब ६१ करोडको कारोवार

अर्थ संसार, काठमाडौं– धितोपत्र बजारमा यस साता कूल १७२ कम्पनीको शेयर कारोवार भयो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक उतार चढावपूर्ण अवस्थामा रह्योे । यसै साता बजार ओरालो लागेर एघार सयको बिन्दुमा झरेको छ ।

बजारमा लगानीकर्ताको मनोविज्ञान नकारात्मकतातर्फ उन्मुख भएको भन्दै बजार ओरालो लागेको बताइँदै आएको छ । कारोवार रकम र नेप्सेको अवस्थाले पनि सोही कुरालाई इङ्गित गरेको छ ।  यस साता ६० लाख २४ हजार ९७५ कित्ता शेयर रु एक अर्ब ६१ करोड ४८ लाख ३८ हजार ३७७ मूल्यमा खरीद बिक्री भए ।

गत साताको अन्तिम दिन अर्थात् यही भदौ ५ गते बिहीबार नेप्से ०.९९ विन्दुले घटेर एक हजार २१३.०६ विन्दुमा झरेर बन्द भएको थियो । यस साताको पहिलो दिन आइतबार नेप्से ३.४५ विन्दुले घटेर एक हजार २०९.६२ विन्दुमा पग्यो । नेप्से ओरालो लाग्दा कारोवार रकमसमेत सस्तैमा समेटियो ।

कूल १७१ कम्पनीको १२ लाख ७५ हजार ६२३ कित्ता शेयर रु ३५ करोड दुई लाख ६९ हजार ५०९ मूल्यमा खरीद बिक्री भए । यस्तै सोमबार पनि नेप्से ६.४९ बिन्दुले घटेर एक हजार २०३.१३ बिन्दुमा पुग्यो । नेप्से घटेपनि कारोवार रकम भने औसतमा रह्यो । कूल १७२ कम्पनीको १६ लाख तीन हजार ३२६ कित्ता शेयर रु ३८ करोड पाँच लाख ९६ हजार ५७१ मा कारोवार भए ।  

साताको तेस्रो दिन मङ्गलबार नेप्से परिसूचक उकालो लाग्यो ।  सो दिन नेप्से ४,८७ बिन्दुले बढेर एक हजार २०८ मा पुग्यो । कूल १६७ कम्पनीको आठ लाख ५० हजार ३८६ कित्ता शेयर रु २४ करोड ४६ लाख ६८ हजार २०९ मूल्यमा कारोवार भयो ।

यस्तै बुधबार नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो । नेप्से  १०.२६ अङ्कले घटेर एक हजार १९७.७५ मा झर्यो । परिसूचक घटेपनि कारोवार भने औसत नै रह्यो । कूल १६८ कम्पनीका १३ लाख १९ हजार ८०६ कित्ता शेयर रु ३७ करोड १९ लाख ४४ हजार ४२९ मा खरीद बिक्री भए ।

साताको अन्तिम दिन बिहीबार कारोवार मापक नेप्से परिसूचक पुनः झिनो अङ्कले ओरालो लाग्यो । नेप्से १.३३ अङ्कले घटेर एक हजार १९६.४१ मा सीमित भयो । नेप्से घटेसँगै कारोवार रकमसमेत सस्तैमा समेटियो । कूल १७० कम्पनीको नौ लाख ७५ हजार ८३४ कित्ता शेयर रु २७ करोड ७३ लाख ५९ हजार ६५९ मा खरीदबिक्री भए ।

वाणिज्य बैंकको बोलवाला

 शेयर कारोवारका आधारमा यस साता वाणिज्य बैंकहरुकै बोलबाला रह्यो । आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट धमाधम लाभांश घोषणा हुन थालेपछि बजारमा वाणिज्य बैंक उपसमूहको नै बोलवाला रहेको हो ।

शेयर कारोवारका आधारमा कुमारी बैंक शीर्ष स्थानमा रहेको छ । यस्तै नेपाल बैंक लिमिटेड, एनआइसि एशिया बैंक, प्रभु बैंक, रसुवागढी जलविद्युत् कम्पनी, महालक्षमी विकास बैंक, मेगा बैंक, एनसिसि बैंक, माछापुच्छ्रे बैंक र माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी लिमिटेड क्रमशः शीर्ष स्थानमा रहे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको