Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैंकको लाभांश पारित

सोमबार, १७ असोज २०७३, १७ : ०६ मा प्रकाशित

सिटिजन्स बैंकको लाभांश पारित

अर्थ सन्सार
काठमाडौं–सिटिजन्स बैंकको १० औं साधारणसभाले सेयरधनीलाई गत बर्षको मुनाफाबाट सेयरधनीलाई १५.८ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ । बैंकले गत र्आिर्थक बर्ष १ अर्व ८ करोड ३ लाख खुद मुनाफा गरेको थियो ।

साधारणसभामा २०७२/७३ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै बैंकका अध्यक्ष डा. शंकर प्रसाद शर्माले उक्त जानकारी दिएका हुन् । बैंकले गत आर्थिक वर्ष ४७ अर्व ३९ करोड रुपैयाँ परिचालन गरेको छ । साथै कर्जा लगानीतर्फ ४० अर्व ५६ करोड कर्जा प्रवाह गरेको छ ।

        वोनस वितरण गरेपछि बैंकको चुक्ता पूंजी ४ अर्व ७५ करोड ११ लाख १२ हजार पुगेको छ । नेपाल राष्ट्र बैंकको निर्देशनवमोजिम बैंकको चुक्ता पूंजी ८ अर्व पु¥याउन बैंकले आफनो पूंजी योजनाअनुसार चालु आर्थिक वर्षमा १०ः२.५ (२५ प्रतिशत) हकप्रद शेयर जारी गर्नेसमेत साधारणसभाबाट निर्णय गरेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको