Like us!
Follow us!
Connect us!
Watch us!

"आगामी आर्थिक वर्षमा देशकै पहिलो बिमा कम्पनी हुन्छौ "-सहायक महाप्रबन्धक किरण गौतम,सुर्या लाइफ इन्योरेन्स

मिलन खड्का

बुधबार, २५ भदौ २०७६, १६ : १३ मा प्रकाशित

"आगामी आर्थिक वर्षमा देशकै पहिलो बिमा कम्पनी हुन्छौ "-सहायक महाप्रबन्धक किरण गौतम,सुर्या लाइफ इन्योरेन्स

अर्थ संसार,अत्तरिया- कैलालीको अत्तरियामा रहेको सुर्या लाइफ इन्योरेन्स कम्पनीले मंगलबार एकदिने अभिकर्ता अभिमुखिकरण तथा सम्मान कार्यक्रम आयोजना गरेको छ ।

कम्पनीका सहायक महाप्रबन्धक किरण गौतमको प्रमुख आथित्यमा कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा बोल्दै गौतमले आगामी आर्थिक वर्षमा देशकै पहिलो बिमा कम्पनि हुने लक्ष्य सुर्या लाईफले लिएको बताए । सुदुरपश्चिम प्रदेशभरी सुर्या लाईफ ईन्स्योरेन्सका १२ वटा शाखाहरु रहेको समेत उनले बताए । कार्यक्रममा अभिकर्ताहरुको जीवन बीमा व्यवसायमा बृद्धि ल्याउन तथा सफल बीमा अभिकर्ता उत्पादन गर्ने उद्देश्यका साथ तालिम प्रदान गरिनुका साथै उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान समेत गरिएको थियो ।

यसका साथै उत्कृष्ट व्यवसाय गर्ने ३ जना एजेन्टहरुलाइ प्रसंशा पत्र सहित सम्मान गरिएको कम्पनीका अत्तरिया शाखा प्रमुख आनन्द प्रसाद भट्टले जानकारी दिए । अत्तरियामा उक्त बिमा कम्पनिको शाखा २०७० सालदेखी सञ्चालनमा आएको उनले बताए । शाखा सञ्चालनमा आएदेखी तिब्र रुपमा व्यवसाय विस्तार गरेको बताउदै भट्टले हाल शाखामा ६ सय ५० जना एजेन्टहरु रहेको बताए । कार्यक्रममा करिब एक सय जना उत्कृष्ट अभिकर्ताहरुको सहभागीता रहेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको