Like us!
Follow us!
Connect us!
Watch us!

कुमारीपाटीमा ‘त्रिदेवी फेसन हाउस’

अर्थ संसार

बुधबार, ०१ असोज २०७६, १८ : ३६ मा प्रकाशित

कुमारीपाटीमा ‘त्रिदेवी फेसन हाउस’

अर्थ संसार, ललितपु– ललितपुरस्थित कुमारीपाटीमा नयाँ बुटिक ‘त्रिदेवी फेसन हाउस’ सञ्चालनमा आएको छ । राजधानीमा बुटिकको क्रेज बढ्दै गइरहेका बेला बुधबारदेखि ‘त्रिदेवी फेसन हाउस’ थपिएको हो ।

नागरिक लगानी कोषको साधारणसभा : चन्द्र सिंह साउद गयल हुँदा लगानीकर्ताको चरम आक्रोस (भिडियोसहित) 

फेसन डिजाइनरत्रय दिलमाया मगर, दीपा केसी र संगी आचार्यले सञ्चालनमा ल्याएको उक्त फेसन हाउसको बुधबार एक समारोहबीच पुर्वमिस नेपाल सुगारिका केसी र्यापर तथा गायक गिरिश खतिवडा र ब्युटिसियन निलम केसी संयुक्तरुपमा उद्घाटन गरे ।

कार्यक्रममा पूर्वमिस नेपाल केसीले नेपाली बजारमा फेसन क्रेज बढिरहेका बेला नयाँ सोच र उद्देश्यका साथ ‘त्रिदेवी फेसन हाउस थपिएकामा खुसी व्यक्त गरिन् । उनले भनिन, ‘यो फेसन हाउस फेसन पारखीहरुका लागि रोजाई बन्न सकोस्, शुभकामना छ ।’

उद्घाटनपछि डिजाइनरमध्ये दीलमाया मगरले त्रिदेवी फेसन हाउसमा बजार चलेको विविध खाले पहिरन तयार गर्ने बताउँदै भनिन्, ‘हामीले विशेषगरी वेडिङ गाउनलाई प्राथमिकता दिनेछौँ ।’ उनले आफूहरुको कसैसँग प्रतिस्पर्धा नहुने पनि बताइन् ।  

पछिल्लो समय बुटिक जोन बन्दै गएको कुमारीपाटीमा सञ्चालनमा आएको ‘त्रिदेवी फेसन हाउस’ सम्भवतः सबैभन्दा ठूलो बुटिक हो ।

फेसन डिजाइनरत्रयले फेसन बजारको प्रतिस्पर्धामा आफूहरुले सर्वशुलभ मूल्यमा स्तरिय पहिरन तयार गर्ने बताएका छन् ।  
डिजाइनरत्रयले हालैमात्र इन्टरनेशनल इष्न्टिच्युट अफ फेसन टेक्लोलोजी (आईआईएफटी)बाट एड्भान्स डिप्लोमा कोर्षको अध्ययन पूरा गरेका हुन् । बागबजारस्थित ‘आईआईएफटी’का विद्यार्थीद्वारा सञ्चालनमा ल्याइएको यो पछिल्लो बुटिक हो । यसअघि आईआईएफटीका विद्यार्थीले राजधानीका विभिन्न स्थानमा बुटिक सञ्चालन गरिसकेका छन् ।


 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको