Like us!
Follow us!
Connect us!
Watch us!

निक्षेप घट्दा बैंकमा कर्जा योग्य रकम अभाव

अर्थ संसार

शुक्रबार, ०३ असोज २०७६, ०८ : ३९ मा प्रकाशित

निक्षेप घट्दा बैंकमा कर्जा योग्य रकम अभाव

अर्थ संसार, काठमाडौं- आर्थिक वर्षको सुरुमै आक्रामक कर्जा लगानी गरेर सकारात्मक सन्देश दिन खोजे पनि निक्षेपको घट्दो क्रमले बैंकहरू थप ऋण प्रवाह गर्न नसक्ने अवस्थामा पुगेका छन् ।

कर्जा गर्ने रकम अभाव हुँदा बैंकहरूले राष्ट्र बैंकको नियमअनुसार राख्नुपर्ने तरलता
मौज्दातको रकम पनि कर्जास्वरूप प्रवाह गर्न थालेका छन् । उक्त अनुपात कायम गर्न भने बैंकहरूले अन्तरबैंक सापटी र राष्ट्र बैंकले जारी गरेको रिपो खरिद गरेका छन् । बढ्दो अन्तरबैंक सापटीका कारण १८ दिनभित्रै यसको ब्याजदर पनि १ प्रतिशतबाट ५ प्रतिशतमा आकासिएको छ ।

बैंकहरूको कर्जा निक्षेप अनुपात (प्राथमिक पुँजीबाहेक) ८९ प्रतिशत पुगेको छ । ‘कर्जाको माग बढेको छ, तर निक्षेपचाहिँ बढ्नुभन्दा घटेको छ,’ सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले भने ।

 कर्जा ५२ अर्ब बढ्दा, निक्षेप १३

अर्बले घट्यो गत आर्थिक वर्षको पहिलो दुई महिना (साउन र भदौ) मा ३२ अर्बले निक्षेप बढेको थियो । चालू आवको सोही अवधिमा भने निक्षेप १३ अर्बले घटेको छ । यता कर्जा भने तीन महिनायता (गत असार, साउन र भदौ) ५२ अर्ब रुपैयाँले बढेको छ ।

 के कारणले घट्यो निक्षेप ?

रेमिट्यान्स आप्रवाह घटेमा, सरकारको ढुकुटीमा रकम थुप्रिएमा, मुलुक भित्रिनेभन्दा बाहिरिने रकम बढेमा (शोधनान्तर घाटा भएमा) वा सर्वसाधारणले आफ्ना साथमा पैसा राख्ने प्रवृत्ति (नगद ग्राह्यता) बढे बैंकिङ प्रणालीमा निक्षेप कमी आउँछ । तर, सरकारबाट यससम्बन्धी पछिल्ला तथ्यांक नआइसकेकाले के कारणले निक्षेप घट्यो भन्ने निक्र्योल हुन नसकेको बैंकरहरू बताउँछन् ।

२० अर्ब रिपोमध्ये १२ अर्ब मात्रै किने बैंकहरूले

पुँजी अभावको समस्या समाधानका लागि राष्ट्र बैंकले बिहीबार बैंकहरूलाई २० अर्ब रकम दिन बिक्रीमा राखेको (रिपो जारी गरेको) थियो ।

बैंकहरूले १२ अर्ब खरिद गरेका छन् । बैंकहरूले रिपो खरिद नगर्नु भनेको तरलता अभाव नभएको संकेत गर्छ, जुन रकम राष्ट्र बैंकको नियमअनुसार बैंकहरूले अनिवार्य रूपमा राख्नुपर्ने हुन्छ ।

यसरी राष्ट्र बैंकबाट लिएको रकम बैंकहरूले कर्जा लगानीमा भने प्रयोग गर्न पाउँदैनन् । राष्ट्र बैंकमै राख्नुपर्ने अनिवार्य नगद मौज्दात ४ प्रतिशत राख्न यस्तो रकमको प्रयोग हुन्छ । तर, कर्जा लगानीयोग्य पुँजीको  भने अभाव भएको बैंकरहरूको भनाइ छ । नयाँपत्रिबाट

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको