Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि बैंक र ओम डेभलपमेन्ट बैंकबीच एकिकृत कारोबारको औपचारिक शुरुवात

अर्थ संसार

शनिबार, ११ असोज २०७६, २२ : ०३ मा प्रकाशित

एनएमबि बैंक र ओम डेभलपमेन्ट बैंकबीच एकिकृत कारोबारको औपचारिक शुरुवात

अर्थ संसार, काठमाडौं - एनएमबि बैंक लिमिटेड र ओम डेभलपमेन्ट बैंक लिमिटेडबिच  शनिबारका दिनदेखि एकीकृत कारोवारको शुभारम्भ भएको छ ।

दुबै संस्था गाभिए पश्चात बैंकको चुक्ता पूँजी ११ अर्ब ५३ करोड र कोष ८ अर्ब ६२ करोड गरि कुल पुँजी -Core Capital) २० अर्ब १५ करोड पुगेको छ  । मर्ज पश्चात बैंकको नाम एनएमबि बैंक लि. र मुख्य कार्यालय एनएमबि भवन, बबरमहल, काठमाडौं रहको छ ।

दुबै संस्था गाभिए पश्चातको एनएमबि बैंकको तीन नम्बर प्रदेशमा शाखाहरुको सञ्जाल ४४ वटा, गण्डकी प्रदेशमा ३९ वटा र पाँच नम्बर प्रदेशमा शाखा सञ्जाल २९ वटा गरि कुल शाखा सञ्जाल १६३, एटिएमहरुको सञ्जाल १२८ पुगेको छ भने एक्स्टेन्सन काउण्टरहरुको संख्या ५ पुगेको छ ।

सिटिजन्स बैंकको साधारणसभामा खैलाबैला : शेयरधनीले पारित हुन दिएनन् संचालकको पारिश्रमिक र भत्ता (भिडियोसहित) 

एकिकृत कारोवारको शुभारम्भ गण्डकी प्रदेशका माननिय अर्थमन्त्री श्री किरण गुरुङ्गको उपस्थितीमा गण्डकी प्रदेशको पोखरामा भयो । कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीवि नेपालज्यूको शुभकामना सन्देश नेपाल राष्ट्र बैंकको पोखरा निर्देशक डा. डिल्लीराम पोखरेलज्यूबाट पढेर सुनाईएको थियो ।

सिटिजन्स बैंकको नियतमाथि शेयरधनी शिव प्रसाद पौडेलको चर्काे टिप्पणी (भिडियोसहित) 

यस एनएमबि बैंकमा Nederlandse Financierings-Maatschappij Voor Ontwikkelings landen N. V. (एफ.एम.ओ.), कर्मचारी संचय कोष लगायतका संस्थाहरुको समेत लगानी रहेको छ ।

FMOइसँगको सहकार्यले एनएमबि बैंकले वातावरण र सामाजिक जोखिमव्यवस्थापन गर्न तथानविकरणिय उर्जा, सानातथामझौलाव्यवसाय र कृषिउद्यममाअग्रताहासिल गर्न सफलभएको छ । बैंकले लगातार वर्ष २०१७ र २०१८ मा द बैंकर, फाइनान्सियल टाइम्स, लण्डनबाट बैंक अफ द इयरको उपाधीप्राप्त गर्न सफलभएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको