Like us!
Follow us!
Connect us!
Watch us!

ज्योति लाइफ इन्स्योरन्सको वार्षिक साधारणसभा सम्पन्न

अर्थ संसार

सोमबार, १३ असोज २०७६, ०७ : २३ मा प्रकाशित

ज्योति लाइफ इन्स्योरन्सको वार्षिक साधारणसभा सम्पन्न

अर्थ संसार, काठमाडौं ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । आइतबार काठमाडौंमा सम्पन्न सभाले विभिन्न प्रतिवेदन पारित गरेको छ ।

सभामा कम्पनीका अध्यक्ष नन्दकिशोर शर्माले वार्षिक प्रतिवेदन प्रस्तुति गरेका थिए । कम्पनी सञ्चालनमा आएको छोटो अवधिमै आकर्षक जीवन बिमा योजना सार्वजनिक गरेको उनको भनाइ थियो ।

साधारणसभाले सञ्चालक समितिको प्रतिवेदन, आव ०७४/७५ को लेखा परीक्षण प्रतिवेदन, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण पारित तथा आव ०७५/७६ का लागि लेखापरीक्षक नियुक्ति गर्ने प्रस्ताव पारित गर्यो ।

]साथै, सभाले सर्वसाधारणका लागि छुट्याएको कुल जारी पुँजीको ३० प्रतिशतले हुने ६६ करोड रुपैयाँबराबरको साधारण सेयर जारी गर्ने विशेष प्रस्तावसमेत पारित गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको