Like us!
Follow us!
Connect us!
Watch us!

बाल गित “दशैं आयो मेरो बाबा” लिएर आइन अम्बिका गुरुङ(भिडियो सहित)

मिलन खड्का

सोमबार, १३ असोज २०७६, १७ : १० मा प्रकाशित

अर्थ संसार, काठमाडौं-नेपालीहरुको महान पर्ब दशैंको उपलक्ष्यमा प्रसिद्ध गीतकार तथा सर्जक अम्बिका गुरुङको शब्दमा बाल गीत “दशैं आयो मेरो बाबा” मा गुल्मीको अद्भुत कला भएकी मिठो स्वरकी धनि ६ बर्षे बालिका रबिना बसेलले आफ्नो जादुमय आवाज भरेकी छिन । दशैको खुसियालीमा बालबालिकाहरुको लागि भनेर रचिएको गीतलाई उनले आकर्षक ढंगले गाएकी छिन । यति सानो उमेरमा यस्तो बिलक्षण प्रतिभाकी धनि बालगायिकाको चौतर्फी प्रसंसा हुन थालेको छ ।

गायक तथा कम्पोजर राजन कार्कीको संगीत तथा एरेन्ज  रहेको छ भने भिडियोलाइ भाबसागर क्रियसन मार्फत नेपाली सांगीतिक बजारमा सार्बजनिक गरिएको छ ।

अमेरिका निबासी बरिष्ट गीतकार तथा सर्जक अम्बिका गुरुङले नेपाली सांगीतिक इतिहासमा आफ्नो नाम सुनौलो अक्षरले कोरिसकेकी छिन । नयाँ नयाँ प्रतिभाहरुलाई नेपाली सांगीतिक आकाशमा स्थापित गराउने क्रममा अहिले फरक क्षमता भएकी ६ बर्षे बालिकालाइ उनले सांगितक क्षेत्रमा प्रस्तुत गरेकी छिन ।

भिडियो हेर्नुहोस :

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको