Like us!
Follow us!
Connect us!
Watch us!

तीजमा बिच्च बिच्चमा ल्याएका दुर्गेशले दशैँमा ल्याए  ‘बोल्दैन फोटो’, हेर्नुहोस् भिडियो

मिलन खड्का

मंगलबार, १४ असोज २०७६, १४ : ३४ मा प्रकाशित

अर्थ संसार, काठमाडौं–चर्चित मोडल तथा गायक दुर्गेश थापाको अभिनय रहेको नयाँ गीत  ‘बोल्दैन फोटो’ बोलको  म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

लोकप्रिय गायक डेबिड शंकर र भावना आचार्यको स्वरमा सजिएको नयाँ भिडियो  ‘बोल्दैन फोटो’को भिडियोमा दुर्गेशसँगै अस्मिता पुरीको दमदार अभिनय रहेको छ ।  दीपक शर्माको शब्द र संगीत रहेको गीतले आफ्नो साथमा नरहेका प्रेमी–प्रेमीकाको मनोभाव र प्रेमभाव बोल्छ । 

शिब बिकले निर्देशन गरेको भिडियोमा दुर्गेश र अस्मिताको अभिनयको धेरैले तारिफ गरेका छन् । यसअघि ‘बग्ने खोला’ र ‘मुलको पानी’ गीतका कारण चर्चामा रहेकी भावनाको गीत दुर्गेश थापाको च्यानलबाट अपलोड गरिएको छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको