Like us!
Follow us!
Connect us!
Watch us!

सरकारले संविधानको मर्म र भावनाअनुसार काम गर्न सकेन : प्रकाशमान सिंह

dibesh

बुधबार, १५ असोज २०७६, १३ : २१ मा प्रकाशित

सरकारले संविधानको मर्म र भावनाअनुसार काम गर्न सकेन : प्रकाशमान सिंह

अर्थ संसार, काठमाडौ – नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले सरकारले संविधानको मर्म र भावनाअनुसार काम गर्न नसकेको आरोप लगाउनु भएको छ । नेपाली काङ्ग्रेस काठमाडौँ क्षेत्र नं ३ ले आज यहाँ आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा उहाँले सभामुखले राजीनामामा उल्लेख गरेका शब्द संविधानको मर्मविपरीत भएको बताउनुभयो ।

पूर्व उपप्रधानमन्त्री सिंहले कानून सबैका लागि बराबर भएको बताउँदै अनुसन्धानमा सङ्लग्न प्रहरीलाई दबाब र प्रभावमा नपरी चनाखो भएर अनुसन्धान गर्न आग्रहसमेत गर्नुभयो । अनुसन्धानको क्रममा दोषी देखिनेलाई ढाकछोप गर्न नहुने उहाँको भनाइ थियो । 

पार्टीका पूर्व महामन्त्री समेत रहनुभएका सिंहले पार्टी भित्र देखिएको गुट उपगुटको अन्त्य भएमात्र पार्टी बलियो हुने उल्लेख गर्नुभयो । उहाँले पार्टीका सबै कार्यकर्तालाई समेटेर नेतृत्वले जिम्मेवारी दिनुपर्नेमा जोड दिनुभयो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको