Like us!
Follow us!
Connect us!
Watch us!

एसबिआइको २८ प्रतिशत बोनस, ६८ करोडको शेयर एफपीओ जारी गर्ने

मंगलबार, १८ असोज २०७३, १४ : ०० मा प्रकाशित

एसबिआइको २८ प्रतिशत बोनस, ६८ करोडको शेयर एफपीओ जारी गर्ने

 

अर्थ संसार

काठमाडौं– नेपाल एसबिआइ बैंकले सेयरधनीलाई २८ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । बैंकको सोमबार बसेको बोर्ड बैठकले उक्त प्रस्ताव गरेको हो । बोर्डले बोनस सेयरको कर प्रयोजनका लागि १.५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पनि गरेको छ । उक्त प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत भएपछि साधारणसभामा पेश गरिने छ ।

बैंकले ६७ लाख ७६ हजार ७ सय ६७ कित्ता सेयर प्रिमियम मूल्य (तोकिएको मूल्य भन्दा थप) मा बिक्री गर्ने भएको छ । प्रबर्धक र साधारण सेयरधनीको अनुपात ७०ः३० बनाउन उसले फर्दर पब्लिक अफरिङ (एफपीओ) जारी गर्न लोको जनाएको छ । उसको प्रस्ताव राष्ट्र बैंक र धितोपत्र बोर्डबाट स्वीकृत भएपछि साधारणसभामा प्रस्तुत गरिने छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको