Like us!
Follow us!
Connect us!
Watch us!

चलचित्रमा जम्नेनै मेरो चाहना हो - नायिका अनिता गिरि (फोटो फिचर)

मिलन खड्का

मंगलबार, २८ असोज २०७६, १६ : १९ मा प्रकाशित

चलचित्रमा जम्नेनै मेरो चाहना हो - नायिका अनिता गिरि (फोटो फिचर)

अर्थ संसार, काठमाडौं-नेपाली चलचित्र  तथा मोडलिङ क्षेत्रमा ब्यस्त बन्दै गरेकी  मोडल/नायिका हुन अनिता गिरि । मोडलिङ सुरु गरेको एक बर्ष भित्रनै  चार वटा चलचित्र तथा करिब आधा दर्जन म्युजिक भिडियोहरुमा जादुमय अभिनय गरिसकेकी उनि अहिले चलचित्रकर्मीहरुको रोजाइमा परेकी छिन ।  

युवा पुस्ताको रोजाइ सिने संसार अर्थात रंगिन संसार मोडलिङ क्षेत्र अहिलेका युवा युवतीहरुको सर्बाधिक रोजाइमा परेको क्षेत्र हो । युवा पुस्ताको आकर्षणमा रहेको रंगिन संसार अर्थात सिने संसारमा रमाउन नचाहने युवा पुस्ता सायद कमै मात्रमा होलान, नाम कमाउन अनि चर्चित हुने सबैको चाहना हुन्छ । त्यस्तै चाहना लिएर चलचित्र तथा मोडलिङको भिडमा आफुलाइ स्थापित गराउन सिने जगतमा आफ्नो भबिष्य बनाउने योजनाको साथमा अगाडी बढदै गरेकी नायिका हुन अनिता गिरि । उनि अहिले आफ्नो लक्ष्यमा पुग्न दिन रात लागि परेकी छिन र त्यसै अनुरुप मेहनत पनि गरिरहेकी छिन । मोडलिङ क्षेत्र हुदै चलचित्रमा नायिका बनेकी अनिताले दर्जनौ फेसन सोहरुमा आफ्नो कला कौसल प्रदर्शन गरि सकेकी छिन ।

अभिनय तथा नृत्यमा पोख्त नायिका अनिता गिरि सुन्दर मुहार र आकर्षक शरीरको धनि छिन चिटिक्क मिलेको शरीर अनि सुन्दर मुहारनै उनि प्रतिको आकर्षण हो । उनि मेहनतका साथ अभिनय र कलालाइ अझै निखारता ल्याउदै सिने नगरी तथा मोडलिङमा स्थापित हुन चाहन्छिन । खोटांगको सिम्पानीमा जन्मेर काठमाडौँलाइ कर्मथलो बनाएकी गिरि हेर्दा पनि निकै आकर्षित हासी रहने शालीन स्वभाबकि छिन । नया नेपाली चलचित्र मार्फत नायिकाको रुपमा धमाकेदार इन्ट्री गर्न लागेकी नायिका अनिता भन्छिन यदि अन्य राम्रो चलचित्र, म्युजिक भिडियोहरुमा अफर आएमा आफु अभिनय गर्न तयार रहेको बताउछिन ।

सानै उमेर देखि मोडल तथा नायिका बन्ने सोच र रुचि राख्ने अनिता गिरि अभिनयमा पोख्त छिन । अनिताले  भनिन्, अब चलचित्र र मोडलिङमै क्यारिअर बनाएर स्थापित हुन्छु र यहि क्षेत्रमा आफ्नो ट्यालेन्ट, क्षमता प्रदर्शन गरेर आफ्नो छुट्टै पहिचान बनाउछु । उनि भन्छिन मानब जीवन भनेको संघर्ष हो मेहनत र परिश्रम गर्दै जानु पर्छ एक दिन अबश्य सफलताको शिखर चढ्न सकिन्छ जीवनको हरेक मोडमा संघर्ष गर्दै अगाडि बढ्नुनै जीवन हो । एक दिन आफ्नो क्षमता प्रदर्शन गरेर आफ्नो लक्ष्यमा पुग्ने दृढ विश्वासका साथ आफु अगाडी बढेको कुरा पनि अनिता बताउछिन ।

 

5da5a1147a9ab.jpg 5da5a114980df.jpg 5da5a114d9322.jpg 5da5a1150b2a2.jpg 5da5a11549528.jpg 5da5a115534ce.jpg 5da5a115997e4.jpg 5da5a115a18de.jpg 5da5a115da578.jpg 5da5a115e0fb2.jpg 5da5a11621505.jpg 5da5a11634106.jpg 5da5a1165e515.jpg 5da5a1166d966.jpg 5da5a116ee5b2.jpg 5da5a116f27b4.jpg 5da5a117351c5.jpg 5da5a11760f14.jpg 5da5a1178c938.jpg 5da5a117d42e8.jpg 5da5a11835537.jpg 5da5a11882e2a.jpg 5da5a118b9a9a.jpg 5da5a118e42df.jpg 5da5a1191941c.jpg 5da5a11939a6c.jpg 5da5a1193c970.jpg 5da5a11976ea8.jpg 5da5a119a22b7.jpg 5da5a119d3759.jpg 5da5a11a014e3.jpg 5da5a11a06602.jpg 5da5a11a3ff4b.jpg 5da5a11a42b41.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको