Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्य घट्यो

dibesh

बुधबार, २९ असोज २०७६, १५ : ४५ मा प्रकाशित

सुनको मूल्य घट्यो

अर्थ संसार, काठमाडौ – निकै उतार चढावका बीच कारोबार हुँदै आएको सुनको मूल्य नेपाली बजारमा आज प्रतितोलामा रु १०० कम भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला रु ७० हजार ६०० कायम भएको छ । मङ्गलबार स्थानीय बजारमा छापावाला सुन प्रतितोला रु ७० हजार ७०० मा खरीद बिक्री भएको थियो । 

    सोमबारको तुलनामा मङ्गलबार भने सुनको मूल्य तोलामा रु ७०० वृद्धि भएको थियो । त्यसैगरी तेजाबी सुनको मूल्य पनि प्रतितोला रु १००  घटेको छ । आज तेजाबी सुनको मूल्य प्रतितोला रु ७० हजार ३०० निर्धारण गरिएको महासङ्घले जनाएको छ । मङ्गलबार तेजाबी सुन प्रतितोला रु ७० हजार ४०० मा कारोवार भएको थियो । यस्तै चाँदीको मूल्यमा पनि सामन्य गिरावट आएको छ । चाँदी प्रतितोला रु १० घटेर तोलाको रु ८५० मा खरीद बिक्री भइरहेको महासङ्घले जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको