Like us!
Follow us!
Connect us!
Watch us!

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

मिलन खड्का

बुधबार, ०६ कार्तिक २०७६, ०९ : ०३ मा प्रकाशित

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

अर्थ संसार, काठमाडौं– ओपोले नेपालमाआफ्नो बहुप्रतिक्षित मोडल ओपो रेनोटू एफको अक्टोबर १८देखि पाको, न्यूरोड स्थित आफ्नो आधिकारिक शोरुममाआयोजित फस्र्टसेल कार्यक्रम मार्फत विक्रिआरम्भ गरेको छ ।

ओपो रेनोटू एफका लागिआयोजित फस्र्टसेल कार्यक्रममा नेपाली चलचित्र जगतकीअत्यधिक लोकप्रिय नायिका तथाओपो नेपालकी ब्राण्ड फ्रेण्ड, स्वस्तिमा खड्काको पनि उपस्थिती रहेको थियो । कार्यक्रममा उनले अग्रिम बुकिङ गर्ने तथा सोही दिन फोनको खरिद गर्ने उपभोक्तालाई आफूद्वारा हस्ताक्षरित फोन तथाविशेष उपहार हस्तान्तरण गर्नुका साथै ईच्छुकसंग सेल्फी तथा तस्विर समेत खिचेकी थिइन् । 
 
प्रयोगकर्ताको रचनात्मकतालाई थप प्रोत्साहन गर्ने उद्देश्यका साथ ओपो रेनोटू एफमा प्रशस्त फोटोग्राफीमा सुधार ल्याउने फिचर्स उपलब्ध गरिएको छ । ओपो रेनोटू एफमा कम्पनीले क्वाड (चारओटा) क्यामेरा सेटअपको ब्यवस्था गरेको छ । फोनमा उपलब्ध चार क्यामेरामा ४८एमपी अल्ट्रा क्लियर मेन लेन्स, ८एमपी वाइड एंगल लेन्स, एउटा मोनो लेन्स र २ एमपीपोट्रेट लेन्स रहेका छन् ।
अहिले फोनमा उपलब्ध गरिएको ४८एमपी क्षमताको प्रमुख लेन्स पछिल्ला पुस्ताका लेन्सको तुलनामा ठूलो मात्र नभइअझ बढी रेजोल्यूशन दिने क्षमता राख्छ । यसमा रहेका एफ१.७९ एपर्चर र १÷२.२५ ईञ्च सेन्सरको सहायताबाट यसो हुनु सम्भव भएको हो ।

5dafc786a538e.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको