Like us!
Follow us!
Connect us!
Watch us!

ओपो र एरिक्सनद्वारा संयुक्त ल्याब सञ्चालन

मिलन खड्का

बुधबार, २० कार्तिक २०७६, १० : ४८ मा प्रकाशित

ओपो र एरिक्सनद्वारा संयुक्त ल्याब सञ्चालन

अर्थ संसार, शेन्जन- ओपोले भरखरै अग्रणी सूचना तथा सञ्चार प्रविधि सेवा प्रदायक कम्पनी, एरिक्सनसंग संयुक्त फाइभजी ल्याबोरेटोरी सञ्चालनमा ल्याएको छ । यो सहकार्यले फाइभजी क्षेत्रमा दूई कम्पनी बिचको सहकार्यलाई अझ गहिरो र सटिक बनाउने अपेक्षा गरिएको छ । नयाँ ल्याब मार्फत ओपो र एरिक्सनले वैश्विक सहकार्य झल्काउने, एक अर्कासंग अत्याधुनिक फाइभजी प्रविधि आदान प्रदान गर्ने तथा फाइभजी उत्पादन तथा नेटवर्क परफरमेन्स सुदृढ बनाउँदै वैश्विकस्तरमा फाइभजीको बृहत्त तैनातीमा सघाव पु¥याउने उद्देश्य लिइएको छ । 

ओपो र एरिक्सनद्वारा संयुक्त ल्याब सुरुवातको घोषणा गरिँदै
(बाँयाँः लुका ओरसिनी, हेड अफ नेटवर्क एण्ड भीपी, एमएनईए, एरिक्सन । दाँयाँः एण्डि वु, ओपोका भीपी तथा सफ्टवेयर ईञ्जिनियरिङका अध्यक्ष)

“एरिक्सनसंग फाइभजी ज्वाइन्ट ल्याब सञ्चालनमा ल्याउन पाउँदा हामी निकै उत्साहित छौँ । यो पहलले एरिक्सनको फाइभजी नेटवर्क तथा पूर्वाधार प्रविधि र यसको वैश्विक सञ्चालक सञ्जाललाई ओपोको अनुभव र फाइभजी मानक विकास, प्रविधि र प्रयोग अवस्था लगायत माथिको विशेषज्ञताले अझ अघि लान सक्नेमा हामी आशावादी छौँ ।”, ओपोका भीपी तथा सफ्टवेयर ईञ्जिनियरिङका अध्यक्ष एण्डि वुले भने, “हामी यस क्षेत्रमा विद्यमान तथा फाइभजी यूगमा आउन सक्ने चुनौति तथा अवसर आत्मसात गर्दै विश्वभरका उपभोक्ता सम्म अझ सुदृढ फाइभजी उत्पादन तथा अनुभव पस्कने पहल गर्नेछौँ ।”

“रणनीतिक दृष्टिकोणले यो साझेदारी ओपो र एरिक्सन दुबैका लागि निकै महत्वपूर्ण छ । दूबै कम्पनीको क्षमतामा थप तिब्रता ल्याइ नयाँ प्रयोग सम्भावना तथा उपभोक्ताका लागि उपयोगिता थप्दै बजारमा  यसले फाइभजी ईकोसिस्टमको विविधता माथि उल्लेख्य योगदान पु¥याउन सघाव मिल्ने छ”, एरिक्सनका उपाध्यक्ष तथा हेड अफ नेटवकर््स् फर नर्थ ईस्ट एसिया, लुका ओर्सिनीले भने ।

ओपो र एरिक्सन फाइभजी प्रविधिको विकासका लागि निकै तत्परताका साथ सहकार्य गरिरहेका छन् । फाइभजी यूगमा गहिरो सहकार्यका लागि बलियो जग बसाउने सोचका साथ दूबै कम्पनीले ग्लोबल प्याटेन्ट लाइसेन्समा हस्ताक्षर पनि गरिसकेका छन् । सन् २०१८को तेस्रो क्वार्टरदेखि नै दूबै कम्पनीले फाइभजी उत्पादनको ब्यवसायिक उपलब्धताका लागि ओपोका ह्याण्डसेट्स तथा एरिक्सनका स्विडेन, जर्मनी र चीनका लोकल अपरेटर पार्टनर्सका फाइभजी पूर्वाधारमा संयुक्तरुपमा फाइभजी परिक्षण गरिरहेका छन् । यही बर्षको सुरुवातमा आयोजित एमडब्लयूसी २०१९मा ओपो र एरिकसनले संयुक्तरुपमा अवलोकनकर्ताहरुका लागि फाइभजी समार्टफोन र क्लाउड गेमिङ सिनेरियोको प्रदर्शनीपनि गरिसकेको छ ।

ओपो फाइभजी स्मार्टफोन्सको विकास तथा लोकप्रियताका लागि निरन्तर अग्रपंक्तिमा रहँदै आइरहेको छ । सन् २०१९ ‘मे’ महिनामा ओपोले आफ्नो नवप्रबर्तनात्मक रेनो फाइभजी मोडल स्विट्जरल्याण्डमा सार्वजनिक गर्दै यूरोपमै ब्यवसायिकरुपमा उपलब्ध गरिएको पहिलो फाइभजी फोनको उपाधि पाउन सफल भइसकेको छ । यो उत्पादन, लगतै यूके, अष्ट्रेलिया, ईटाली र विश्वका अन्य बजारमा समेत निकै लोकप्रियताका साथ सार्वजनिक गरिसकिएको छ । फाइभजी अंगिकरणले ब्यापकता पाउने क्रममा रहेको अवस्थामा ओपोले विश्वकै पहिलो क्वालकमबाट सञ्चारित डुअल मोड फाएभजी स्मार्टफोन यही बर्षको अन्त्य सम्म सार्वजनिक गर्ने तयारी समेत गरेको छ । यस मार्फत वैश्विक स्तरमा रहेका आफ्ना उपभोक्तालाई अझ सुदृढ र सटिक अनुभव प्रदान गर्ने कम्पनीले लक्ष्य लिएको छ । 

फाइभजी ईन्टेलिजेन्ट कनेक्टिविटीको यूगमा ओपोले फाइभजीका लागि उत्पादनको विकास, प्राविधिक रिसर्च, मानक तथा प्रयोग सिनेरियोका लागि आफ्नो लगानीलाई निरन्तर्ता दिने तथा एरिक्सन जस्ता अग्रणी पार्टनर्सहरुसंग सहकार्य गर्दै फाइभजीका थप क्षमता तथा सम्भावना अध्ययन गरी विश्वभरका प्रयोगकर्ताका लागि नवप्रबर्तनात्मक भ्याल्यू उपलब्ध गराउने लक्ष्य लिइएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको