Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रपति भण्डारीले बङ्गलादेशका राष्ट्रपतिको सम्मानमा आयोजित रात्रिभोज(फोटोसहित)

मिलन खड्का

विहीबार, २८ कार्तिक २०७६, ०८ : ४६ मा प्रकाशित

अर्थ संसार, काठमाडौं–राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपालको चार दिवसीय औपचारिक सद्भावना भ्रमणका क्रममा हुनुहुन्छ।

चार दिने भ्रमणका क्रममाराष्ट्रपति मोहम्मद अब्दुल हमिदले बुधबार राजनीतिक भेट वार्ता गर्नु भयो।  बुधबार होटल मेरियटमा हमिदसँग बुधबार उपराष्ट्रपति नन्दबहादुर पुन तथा प्रधानमन्त्री केपी शर्मा ओली शिष्टाचार भेट वार्ता गर्नु भएको थियो। तेस्तै राष्ट्रपति मोहम्मद अब्दुल हमिदराष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना,नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’,नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा संग शिष्टाचार भेटवार्ता गरेका थिए।  

बुधबार नै राष्ट्रपति विद्यादेवी भण्डारीसँग बंगलादेशका समकक्षी मोहम्मद अब्दुल हमिद बुधबार राष्ट्रपति भवन शीतलनिवासमा शिष्टाचार भेट र दुई पक्षीय शिष्टाचार भेटवार्ता पनि भएको थियो।  

राष्ट्रपति विद्यादेवी भण्डारी आफ्नो निमन्त्रणामा नेपालको औपचारिक सद्भावना भ्रमणमा रहनुभएका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदलाई उहाँको सम्मानमा काठमाडौँमा आयोजित रात्रिभोज आयोजना गर्नु भएको थियो। 

हेर्नुहोस् रात्रिभोजका तस्बिरहरु   


राष्ट्रपति विद्यादेवी भण्डारी आफ्नो निमन्त्रणामा नेपालको औपचारिक सद्भावना भ्रमणमा रहनुभएका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदलाई उहाँको सम्मानमा काठमाडौँमा आयोजित रात्रिभोजमा स्वागत गर्दै ।​


राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको सम्मानमा बुधबार काठमाडौँमा आयोजित रात्रिभोजमा सम्बोधन गर्दै 

नेपालको औपचारिक सद्भावना भ्रमणमा रहनुभएका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा आफ्नो सम्मानमा आयोजित रात्रिभोजमा सम्बोधन गर्दै

राष्ट्रपति विद्यादेवी भण्डारी आफ्नो निमन्त्रणामा नेपालको औपचारिक सद्भावना भ्रमणमा रहनुभएका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदलाई उहाँको सम्मानमा बुधबार काठमाडौँमा आयोजित रात्रिभोजमा टोस्ट प्रस्ताव गर्दै ।

प्रधानमन्त्री केपी शर्मा ओली नेपालको औपचारिक सद्भावना भ्रमणमा रहनुभएका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदलाई उहाँको सम्मानमा काठमाडौँमा आयोजित रात्रिभोजमा टोस्ट प्रस्ताव गर्दै ।


तस्बिरः रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको