Like us!
Follow us!
Connect us!
Watch us!

नर्सिङ नाम दर्ता परीक्षाको नतिजा सार्वजानिक

अर्थ संसार

आइतबार, ०१ मंसिर २०७६, २० : २७ मा प्रकाशित

नर्सिङ नाम दर्ता परीक्षाको नतिजा सार्वजानिक

अर्थ संसार, काठमाडौं-नेपाल नर्सिङ काउन्सिलले नाम दर्ता प्रमाणपत्र परीक्षा (लाइसेन्स इक्जामिनेशन)को नतिजा सार्वजनिक गरेको छ ।

 शनिबार लिएको २३औँ परीक्षाको आइतबार सार्वजनिक गरिएको नतिजाअनुसार परीक्षामा ५२ दशमलब १२ प्रतिशत मात्र परीक्षार्थी यसपटकको परीक्षामा उत्तीर्ण भएका काउन्सिलले जनाएको छ । काउन्सिलका रजिष्टार विन्दा घिमिरेका अनुसार परीक्षामा एक हजार ६०८ परीक्षार्थी सहभागी भएकामा ८७१ मात्र उत्तीर्ण भएका थिए ।

 गत असारमा लिइएको २२औँ परीक्षामा ६५ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका थिए । काउन्सिलले वर्षको तीनपटक नाम दर्ता परीक्षार्थी सञ्चालन गर्ने गर्दछ । अनुत्तीर्ण परीक्षार्थीले पुनःप्रयोगका लागि ३५ दिनभित्र निवेदन दिन सकिने र आगामी परीक्षा चैत महिनामा सञ्चालन हुने काउन्सिलले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको