Like us!
Follow us!
Connect us!
Watch us!

मनोबल खस्केर लगानी हुँदैन : बजारलाई सकारात्मक सोचको खाँचो

आइतबार, ०८ मंसिर २०७६, ०५ : ०० मा प्रकाशित

मनोबल  खस्केर लगानी हुँदैन : बजारलाई सकारात्मक सोचको खाँचो

प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ मन्त्रिमण्डलको पुनर्गठन गरेका छन्। नयाँ मन्त्रिमण्डलको कुरा आउदा सबै भन्दा उत्साहित शेयर बजार थियो भने नयाँ मन्त्रिमण्डलको पुनर्गठन पछि सबै भन्दा निराशा पनि शेयर बजार कै  लगानीकर्तामा देखिएको छ।  

डा. युवराज खतिवडालाई  शेयर बजारले भने खासै रुचाएको छैन । अर्थमन्त्री हुनेबित्तिकै खतिवडाले बीबीसी नेपाली सेवालाई दिएको एक अन्तर्वार्तामा शेयर बजार र घरजग्गा कारोबारलाई अनुत्पादक क्षेत्र भनेका थिए। फ़ल्सोरुप  त्यसयता घरजग्गा र सेयर बजार माथि उठ्न सकेको छैन।   

खतिवडाको निरन्तरतापछि आफ्नो शेयरको भाउ खस्किने पो हो कि भन्ने चिन्तामा देखिन्छन लगानीकर्ता। सेयर बजारमा लगानी गर्नेको मनोबाल खस्केको नै अवस्था छ र पूँजी बजारको निरन्तर डाउनफलमा पनि मन्त्री र मन्त्रालय मौन बसेकाले लगानीकर्ता त्रसित नै छन्। तेसैले तत्काल बजारको अवस्थालाई ध्यानमा राखेर अर्थमन्त्रीले लगानीकर्ताहरुको मनोबल बदाउन केहि न केहि सकारात्मक सन्देश प्रवाह गर्नै पर्छ। पूँजी बजार सुधार तथा बिस्तारका लागि अर्थमन्त्रीले केहि पहल कदमी लिनु अहिलेको बजारको माग हो।  

लगानीकर्ताले पनि बुझन पर्छ खतिवडाको ठाउँमा कोई आए रातारात ठूलो परिवर्तन आउछ र आजको भोलि नै आफ्नो सेयर डबल भन्नु दिवास्वप्न मात्र हो। मन्त्री बदलिदैमा सरकारको ,सरकारलाई चलाउने पार्टीको नीति परिवर्तन हुने पनि होइन। 

लगानीकर्ताले पनि बुझ्न पर्छ अत्याधिक शेयर आपुर्तीले गर्दा बजार कमजोर पनि भएको  हो । राष्ट्र बैंकं तथा बिमा समितिबाट पुँजी वृद्धिको निर्देशनका कारण बैंक तथा बीमा कम्पनीहरुले हकप्रद, बोनस सेयर तथा एफपिओबाट आफ्नो पुँजी वृद्धि गरेका अवस्था हो । 

अझ  सेयर बजारमा अधिकतम लगानीकर्ताले अरुको लहि लहिमा लागेर, विभिन्न हल्लाको भरमा लगानी गर्ने गर्छन। बजार बढेपछि लगानीकर्ताहरु हौसिएर वास्तविक मूल्यभन्दा पनि माथि गएर सेयर किन्ने प्रबृत्ति पनि छ। जब बजार घट्न थाल्छ  लगानीकर्ताहरु आतिने सेयर धमाधम बेच्न खोज्दा मार्केट डेप्थको ‘आपुर्ती साइड’मा चाप ले पनि बजार घटेको छ। यसरी बुझ्दै नबुझी  लगानी गरेर डुब्ने अनि दोष चाहिँ अर्थमन्त्रीलाई लगाउन पाइदैन। आफूले कुन कम्पनीमा लगानी गर्ने हो तेस्को अध्ययन गर्न सके घाटा खाने सम्भावन एकदम कम हुन्छ। 

जेहोस् बजारलाई सकारात्मक सोचको कमि छ,अन्यथा सूचीकृत कम्पनी सबैको नाफा राम्रै छ। आर्थिक वर्षको अन्त्य पछि सूचीकृत संस्थाहरुका वित्तीय विवरणहरु सार्वजनिक भइरहेका छन्। कमाई बढेको नै छ, लाभांश घोषणा राम्रै  छ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको