Like us!
Follow us!
Connect us!
Watch us!

कुन चिया फाइदाजनक ? ब्ल्याक कि मिल्क कि ग्रिन टी ?

मिलन खड्का

सोमबार, ०९ मंसिर २०७६, १३ : ३९ मा प्रकाशित

कुन चिया फाइदाजनक ? ब्ल्याक कि मिल्क कि ग्रिन टी ?

हाम्रो समाजको बानी छ, घरमा होस् वा अफिसमा कोइ पाहुना आउदा होस् वा बाहिर कोइ रेस्टुरेन्टमा कोइ साथीलाई भेट्दा होस् हामी चिया लिएरै वा चिया खुवाएरै गफ गाफ सुरुवात गर्छौ।  

चियाको पारखी नेपालमा मात्र होइन विश्व भर भेटीन्छन् । चियामा पाइने 
पाईने एन्टिअक्सिडेन्टले शरीरमा स्फूर्ती एबं ईनर्जी भरिदिने कारण पनि चियालाई मनपराउने संख्या बढ्ढो नै छ। 

ब्ल्याक टि 

चिया स्वादको लागी मात्र नभई स्वास्थ्यको हिसावले एकदम उचित पेय पदार्थ मानिन्छ।  कालो चियामा भएको एन्टिअक्सिडेन्टले शरीरमा भएको बोसो कम गर्ने काम गर्छ । जसको परिणाम मानिस मोटोपनको सिकार हुन पाउँदैन ।

छिटो भोक लाग्ने समस्याबाट मुक्ति दिलाउनु पनि कालो चियाले सहयोग गर्छ।  
कालो चियाले शरीरमा शक्तिसमेत पैदा गर्छ । जसले मानिसलाई लामो समय क्रियाशील रहनका लागि सहयोग पुर्याउँछ ।

कालो चियाले पाचन प्रणालीलाई समेत व्यवस्थित गर्ने काम गर्छ । जसका कारण मानिस पेटको रोग लाग्नबाट बच्न सक्छ । कालो चियाको प्रयोगले पेटको दुखाइ, ग्यास्ट्रिकजस्ता समस्याबाट पनि मुक्ति दिलाउने काम गर्छ ।

नियमित रूपमा कालो चिया पिउँदा तौल र पाचन प्रणाली व्यवस्थित बन्छ । जसका कारण मानिसलाई ‘हर्ट स्ट्रोक’को खतरा कम हुन्छ ।

अमेरिकन हर्ट एसोसिएसनको अनुसन्धानअनुसार कालो चियाले शरीरमा भएको खराब कोलेस्ट्रोल कम गर्छ । कोलेस्ट्रोल हर्ट स्ट्रोकका लागि खतरनाक मानिन्छ ।

कतिपय मानिसमा रोगप्रतिरोधी क्षमता कम भएका कारण छोटो–छोटो समयमा बिरामी हुने समस्याले दिक्क हुन्छ । यस्ता मानिसलाई पनि कालो चिया हितकर हुन्छ ।

कालो चियाले शरीरको रोगप्रतिरोधी क्षमतालाई बढाउँदै लैजाने काम गर्छ । यसले साइनस, डायरिया, निमोनियाजस्ता रोग लाग्ने सम्भावनालाई पनि दूर गर्ने काम गर्छ ।

कालो चियाले शरीरमा ‘थैफ्लोविन्स’ अर्थात् क्यान्सर बनाउन सक्ने कोषिकालाई हटाउने काम गर्छ । यस्ता कोषिका निर्मूल हुँदा विशेषगरी मानिसलाई ‘ओवेरियन क्यान्सर’बाट जोगाउने गर्छ ।


ग्रिन टी 

ग्रिन टी स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । ग्रिन टीमा एन्टिअक्सिडेन्ट बढी हुन्छ । यस्तो चिया भने दिनको ४–५ पटक प्रयोग गर्दा रोगप्रतिरोधी क्षमता पनि बढ्छ ।चिनी नहालिएको ग्रिन टीमा जिरो क्यालोरी हुन्छ । यसमा क्याफिनको मात्र निकै थोरै हुन्छ, उदाहरणका लागि एक कप ब्ल्याक टीमा क्याफिनको मात्रा ५० मिलिग्राम हुन्छ, कफीमा ९५ मिलिग्राम हुन्छ भने ग्रिन टीमा २० देखि ४५ मिलिग्राम मात्र हुन्छ । ग्रिन टी संभवतः विश्वमै सबैभन्दा स्वस्थ पेय मानिन्छ जसमा अन्य चियामा भन्दा उच्च एन्टिअक्सिडेन्ट हुन्छन् । यसमा पोलिफेनल्स नामक प्राकृतिक रासायनिक पदार्थ हुन्छन् जसमा क्यान्सर तथा जलन निवारण गर्ने क्षमता हुन्छ ।

 

मिलक टी 

धेरै जसोले  रोज्दा कालो चिया भन्दा बढी दूध चिया नै रोज्ने गर्दछन् तर सकेसम्म स्वास्थ्यको हिसावले दूधको चिया प्रयोग भने गर्नुहुँदैन ।दूधको चियाले खाना अरुची हुने ग्यास्ट्रीक बढेने जस्ता समस्या देखा पर्दछन् ।

बिशेषत दक्षिण एसियाली मुलुकहरु अनि बेलायतमा भने चियामा दुध हालेर सेवन गर्ने चलन औधी प्रचलीत छ । जर्मनका केही अध्ययनकर्ताहरुले यूरोपियन हृदयरोग जर्नलमा लेखे अनुसार दुध हालेर चिया पीउनाले फिक्का चियाको तुलनामा क्यान्सर या हृदयरोगको निवारणमा फाईदा नपाउन सक्ने संभावना उल्लेख गरेको पाइन्छ । दुध हालेपछि चियापत्तिमा भएका प्राकृतिक गुणहरुमा बदलाव आँउछ अनि चियापत्तिमा भएमा एन्टी ट्यूमर अनि एन्टी क्यान्सर गुणहरुमा हानी पूर्याँउछ भनी चेरिटी अस्पताल बर्लिन जर्मनीमा बरिष्ट हृदयरोग बिशेषज्ञ भेरेना स्ट्याग्ल बताँउदछन् । यसै बिषयमा थप्दै दुध हालेको र नहालेको चिया सेवन अनि चियापत्तिका बदलिएका गुणहरुका बिषयमा थप अध्ययन जरुरी हुने उनी बताँउदछन् । अध्ययन प्रतिवेदनले केही उदहारणहरु दिँदै चिया दुध नहालेरै पीएमा फाइदा हुने जनाएका छन् । चियामा पाउने क्याटेचीन नामक तत्व चाँही हृदयरोगका लागि फाइदाकारक हुन्छ तर दुधमा हुने प्रोटीन अझ केसीन नामक तत्वले त चियाको क्याटेचीनसंग रसायनिक मिश्रण गरेर क्याटेचीनको असर अनि प्रभाव कम गर्ने प्रमाणीत भएको छ । 

अध्ययन समुहकी प्रमुख मोलिक्यूलर बायोलोजिस्ट मारियो लोरेन्जा अनुसार दुध हालेपछि चियापत्तिका बायोलोजिकल असरहरु कम भएको पाइएको छ ।  अत्याधिक हृदयघातको दर भएको देश बेलायतमा सबैभन्दा धेरै दुध हालेको चिया पिउने पारखी देखिन्छन । कतै यसै कारणले पनि हृदयघातको संभावनालाई बढाइरहेको या नियन्त्रण हुन नदिएको त हैन ? 

(एजेन्सीको सहयोगमा)


आगलागी भयो ? के गर्ने ! के न गर्ने !(जनचेतनाको लागि) 


तपाईंलाई ग्यास्ट्राइटिस त छैन ? यसरी बच्नुहोस् 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको